६ बैशाख २०८१, बिहिबार

जाजरकोटमा ज्वरोको प्रकोप, ८ दिने नाबालकसहित ९ जनाको मृत्यु


jajarkot flu जाजरकोटमा ज्वरोको प्रकोप

२२ पुस, जाजरकोट । एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जना जाजरकोटमा मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिकामा ज्वरो र रुघाँखोकीका कारण तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए ।

दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको सिंहले बताए । ज्वरो र रुघाँखोकी कारण जुनीचाँदे गाउँपालिका -२, मजकोटका ६५ वषर्ीया धनसरा नाथ, ५७ वर्षीया आइती तिरुवा, -३, का ६७ वर्षीय करसिंह टमाटा, ७५ वर्षीय सतरुप शाही र ५ जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकामा एक महिनाका २ जना, ८ दिनका २ जना र ४ वर्षको १ जना छन् ।

जिल्ला सदरमुकाम खलंगाबाट झण्डै दुई दिन पैदल दुरीमा पर्ने जुनीचाँदेमा मौषम परिवर्तनसँगै अत्यधिक चिसो बढेको कारण भाइरल प्रकोप फैलिएको ईञ्चार्ज सिंहको भनाइ छ । शुरुमा जुनीचाँदे गाउँपालिका -१, २ र ३ नम्बर वडामा फैलिएको भाइरल ज्वरो र रुघाँखोकी नियणन्त्रणमा नआउँदा पुरै गाउँपालिकामा नै फैलिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !