७ बैशाख २०८१, शुक्रबार

अल्कोहलले गर्दा हुने हानीबाट बच्न यस्ता विधिहरु अपनाउनुहोस्


alcohol addiction – drunk businessman holding a glass of whiskey on the table
Bharat Bhandari
भरत भण्डारी

शरिरमा अल्कोहलको असरलाइ कसरी कम गर्ने ?
अल्कोहल पिउनु आजकल सामान्य जस्तै भैसक्यो मानिसहरुलाइ। जमघट, भेटघाट, सभा सम्मेलन तथा भोजको कार्यक्रममा अल्कोहल पिउने चलन बढ्दो देखिन्छ । पिउन्जेल आँखानदेख्ने तर पिएपछी खुट्टा टेक्न नसक्ने प्रबृती बढेको देखिन्छ । राती धेरै अल्कोहल पिउने र भोली पल्ट ह्याङ्गभो भन्दै दिनभरी टाउको समाउने कर्मचारीहरु त कतीपो भेटिन्छन् । अल्कोहल पिउन जान्योभने यस्को असरलाइ कम गर्न सकिन्छ । नत्र भने बिभिन्न रोगहरुको शिकार बन्दै हर्ट एट्याक तथा उच्च रक्तचापका कारण ज्यान गुमानेहरु पनि धेरै हुन्छन्। रक्सीको असरलाइ कम गर्ने तरिकाहरु सबैले जान्नु जरुरी छ। केही महत्वपुर्ण बिधीहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. रक्सी पिउनु पहिला केही खाने
अल्कोहल पिउनु पुर्व केही कुरा खाँदा रक्सीलाइ प्रतीकृया गर्न समय लाग्छ । रक्सीले हामिले खाएको कुरालाइ डाइलुसन गर्ने काम गर्न थाल्छ । त्यसले गर्दा शरिर मा रक्सीको असर बिस्तारै पर्न जान्छ । खालिपेटमा वा कुनै चिज नखाइकन रक्सी पिउनु हानिकारक मानिन्छ।

२. बिस्तारै पिउने गर्नु पर्छ
अल्कोहल जती छिटो पियो त्यस्ले त्यती छिटो असर देखाँउछ। रक्सिको असर तुरुन्त दिमागमा हुने हुनाले छिटै शरिरमा असर देखिन्छ। बिस्तारै पिउने गर्दा असर पनि बिस्तारै देखिने हुनाले पिउने ब्यक्तीले एड्जस्ट गर्न सहज हुन्छ।

३. राम्रो क्वालिटीको पिउने
सस्तो अल्कोहलहरुमा इम्प्युरिटीज बढी हुने हुनाले त्यस्ता इम्प्युरिटिजहरु डिजल्भ गर्न शरिरले बढी शक्ती खर्चनुपर्ने हुन्छ। त्यसले गर्दा शरिर बढी कमजोर जस्तो हुने, टाउको बढी दुख्ने, बान्ता हुने तथा लामो समय सम्म असर देखिन सक्छ। थोरै तर राम्रो क्वालिटीको पिउनु राम्रो हुन्छ।

४. प्रसस्तै पानी पिउनु पर्छ
अल्कोहलले शरिरको पानी बढी एब्जर्भ गर्ने भएकोले शरिरमा डिहाइड्रेसन हुने हुन्छ। त्यसैले जती पानी पियो त्यती रक्सीलाइ डिजल्भ गराउन सजिलो हुन्छ।

५. कागती वा आमिलो कुराको रस पिउने
अ्मिलो कुराले शरिरलाइ तरलको मात्रा पुर्याउन सहयोग गर्नुको साथै इलेक्ट्रोलाइटको काम गर्दछ। राक्सीको असर कम गरी शरिरलाइ शक्ती प्रदानगर्न मद्दत पुर्याउँदछ ।

६. ठण्डा पानीले टाउको भिजाउने
अल्कोहल पिएपछी चिसोपानीले टाउको भिजाउँदा रक्सीको असर छिटै कमगर्न सहयोग पुग्दछ। साथै यसो गर्नाले अर्को दिन देखिने टाउको दुखाइ तथा ह्याङ्गहुने समस्यालाइ कम गर्दछ ।

७. चिया तथा कफी नपिउने
अल्कोहल पिएपछी कफी तथा चिया पिउनु हुन्न। किनकी तिनिहरुले उल्टै शरिरमा डिहाइड्रेसन गराउँछ। साथै पेटलाइ इरिटेसन गर्दछ।

८. स्प्राइट पिउनुहोस
जब शरिरले अल्कोहल कन्जुम गर्छ, कलेजोले अल्कोहल डिहाइड्रोजिनेज इन्जाइम उत्पादन गर्छ । यो इन्जाइम जती बढी उत्पादन हुन्छ, त्यतिनै ह्याङ्गा आउटको समय बढी लम्बिन्छ। स्प्राइट पिउनाले सो इन्जाइमको उत्पादन कम हुने र अल्कोहलले गर्दा हुने ह्याङ्ग आउट कम गर्ने गर्दछ ।

९. अण्डा खाने
अण्डामा एमिनो एसिड हुन्छ जस्ले अल्कोहलले शरिरमा उत्पादन गर्ने टोक्सीन कम गर्न सहयोग पुर्याउँछ । जस्ले गर्दा अल्कोहलको असर छिटो घटाउँछ।

१०. केरा खाने
अल्कोहल पीएको मान्छेले बढी पिसाव गर्दा शरिरले पोटासियम लस गर्दछ। शरिरमा पोटासियमको मात्रा कम हुँदा थकान तथा कमजोर महसुस हुने, बढी हाइ आउने, रिंगटा लागेको जस्तो हुने गर्दछ। अल्कोहल सेवन पछी केरा खानाले शरिरमा पोटासियमको मात्रालाइ कायम गर्न सहयोग गर्दछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !