६ बैशाख २०८१, बिहिबार

बोसोरहित स्वस्थकर जीवन जिउने उपायहरु


Without fat body बोसोरहित स्वस्थकर जीवन
कमल प्रसाद शर्मा
कमल प्रसाद शर्मा

बोसोरहित स्वस्थकर जीवन जिउने उपायहरु यस प्रकार छन् :

१. खानाको रेकर्ड राख्नु

प्रत्येक दिनको खानाको रेकर्ड राख्नाले आफुले कतिको स्वस्थकर खाना खाएको थाहा हुनुको साथै स्वास्थ्यकर्मीबाट उचित परामर्श लिन सकिन्छ ।

 

२. प्रयाप्त मात्रामा पानी पिउने

सर्वेक्षणले के देखाएको छ भने प्रयाप्त मात्रामा पानी पिउने मानिसको शरीरमा बोसोको मात्रा नियन्त्रण रहन्छ । बयस्क व्यक्तिले कम्तिमा २ लिटर पानी पिउनुपर्छ ।

३. खाना राम्रो सङ्ग चपाएर खाने

सर्वेक्षणले के देखाएको छ भने राम्रोसंग चपाएर खाने व्यक्तिको बोसोको मात्रा कम हुन्छ। बैज्ञानिकहरु के भन्छन् भने धेरै समय चपाएर खाँदा मष्तिस्कलाई खाना पुगेको आभाष हुन्छ र व्यक्तिले ठिक्क मात्रा खाने गर्दछ।

४.  बिहानी खाजा

उठेको केहि समयमा खाजा खानाले त्यसपछि खाइने खाना र त्यस खानाबाट शरीरले बनाउने बोसोको मात्रा नियन्त्रण भएको पाइएको छ। त्यसैले बिहानी खाजा खानु राम्रो मानिन्छ ।

५. शारीरिक व्यायाम

नियमित व्यायाम गर्नु धेरै राम्रो हुन्छ । साताको चार दिनमात्र गर्न सकिन्छ भने पहिलो दुई दिन शरीरको माथिल्लो भाग र बाँकी दुई दिन शरीरको तल्लो भागको व्यायाम गर्न सकिन्छ । यदि साताको तीन दिन मात्र व्यायाम गर्न सकिन्छ भने तीनै दिन शरीरको माथिल्लो तथा तल्लो भागको व्यायाम गर्न सकिन्छ ।

*भौतिकशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका कमल प्रसाद शर्मा नेपालपत्रका लेखक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !