८ बैशाख २०८१, शनिबार

नेपाल प्रहरी अस्पतालका ४२ जना डाक्टरले बुझाए सामूहिक राजीनामा


नेपाल प्रहरी अस्पताल

काठमाडौँ, असोज ८ । नेपाल प्रहरी अस्पताल, महाराजजन्गका ४२ जना डाक्टरले ‘सामूहिक’ राजीनामा दिएका छन् । अध्ययनका लागि नियमावली संशोधन गरी समयमै पास नहुँदा आफूहरुलाई समस्या परेको बताउदै उनीहरुले सामूहिक राजीनामा पत्र लेखेका हुन् ।

राजीनामा पत्रमा उनीहरुले अध्ययन अवधिमा हेरफेर गरेको संशोधन नियमावली तत्काल पास हुनुपर्ने माग गरेका छन् । विगतको नियमावली संशोधन गरी ३ वर्षमै अध्ययन गर्न नमिल्ने व्यवस्था गरी अध्ययन अवधिमा हेरफेर गरिएको र त्यससम्वन्धी संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेर अड्केकाले आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् ।

संशोधनका लागि प्रक्रिया अघि बढेको प्रस्ताव तुरुन्त पास गर्नका लागि पहल गरिदिन अस्पतालका मेडिकल डाइरेक्टरलाई अनुरोध गरेका छन् । यो समाचार न्युज अफ नेपाल डटमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !