७ कार्तिक २०७७, शुक्रबार

सर्वत्र विरोध भएपछि डा. गोविन्द केसीलाई ट्रमा सेन्टरबाट सारियो टिचिङ अस्पताल



डा. गोविन्द केसी

काठमाडौँ, असोज ६ । सरकारको सर्वत्र विरोध र आलोचना भएपछि अनसनरत डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज सारिएको छ । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीले त्यहाँ कुनै पनि प्रकारको परीक्षण तथा उपचार गर्न नमानेपछि अस्पतालबाट स्वइच्छाले निस्किएका हुन् ।

अस्पतालबाट निस्किए लगत्तै उनी केही सहयोगीका साथ ट्याक्सी चढेर शिक्षण अस्पताल महाराजगन्ज गएका थिए । डा. केसीलाई ट्रमा सेन्टरबाट स्वइच्छाले डिस्चार्ज गरेर साँझ ६ बजेर १५ मिनेट जाँदा टिचिङ अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् ।

डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्ने समेत बताएका थिए । सहयोगी तथा समर्थक सुवेदीका अनुसार डा‍. केसीले अब शिक्षण अस्पतालमा नै अनशन बस्ने छन् ।

यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई सोझै टिचिङ अस्पतालमा ल्याउने भनिएपनि बीचमा प्रहरी परिचालन गरी उनलाई ट्रमा सेन्टरमा लगिएको थियो । डाक्टर केसीले टिचिङमा लैजानुपर्ने अडान राखेपछि उनलाई प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती निकालेका थिए । प्रहरीको उक्त कदमको तीव्र निन्दा भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई बढाएर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन शुरु गरेका थिए ।

जुम्लामा अनशनका क्रममा धरपकड हुनसक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी काठमाडौंतर्फ आएका थिए । जुम्लाबाट अनसन सुरु गरेको केसी त्रिवि शिक्षण अस्पताल परिसरमा बसेर अनशनलाई निरन्तरता दिने सोचमा थिए ।

यो पनि पढ्नुहोस्

शिक्षण अस्पताल जान लागेका डा. केसीलाई विमानस्थलबाटै प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कार्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएकी छिन् । कोरोना महामारीका कारण विगतका

काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमितले आफ्नो उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे खर्च

काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् । आज शुक्रवार

काठमाडौँ, कार्तिक ७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २३५७ जनासहित २७२० जनामा कोरोना भाइरस (कोभिड-१९)