४ बैशाख २०८१, मंगलबार

जुकाको आयुर्वेद औषधि


जुकाको आयुर्वेद औषधि
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पेटमा जुका पर्नु भनेको हाम्रो आन्द्रामा जुकाको संक्रमण हुनु हो । अंग्रेजीमा राउण्ड वर्म (Round worm) भनिने यस जुका को वैज्ञानिक नाउँ (Ascaris Lumbricoides) हो । यिनीहरु हाम्रो आन्द्रामा ६ देखि २४ महिनासम्म रहिरहन सक्छन् ।

यिनका फुलहरु दिसासँगै बाहिर आउँछन् । यदि न्यानो, छायाँदार र आर्द्र वातावरण मिल्यो भने यी फुलहरु १० वर्षसम्म पनि बाँचिरहन सक्छन् । यिनै फुलहरुद्वारा दूषित भएको पानी तथा खानेकुरा खानाले हामीमा जुकाको संक्रमण हुने हो ।

यस्ता जुकाका औषधिहरू Mebendazole, Albendazole बजारमा छन् पटक-पटक खान दिदा पनि यस्ता जुका मार्न सकेको छैन । यो सबै उमेरका मानिसमा देखिने भएपनि बच्चाहरुमा यसको प्रकोप बढी हुन्छ ।

जुकाका फुलहरु नपखालिएका फलफूल तथा सागसब्जी, तरकारीहरुमा बढी पाइन्छ । यदि यी खानेकुराहरु राम्ररी नपखालिकन खाइयो भने जुकाको संक्रमण हुने सम्भावना रहन्छ । सरसफाईमा ध्यान नदिने, जस्तो पनि खाइदिने, कमजोर आर्थिक अवस्थाका मानिसहरुमा जुका पर्ने सम्भावना अत्याधिक हुन्छ ।

एलोपैथिक उपचार गराउन जादा बिभिन्न परिक्षण गरेर मात्र औषधि खुवाउने चलन छ । तर आज कुनैपनि परिक्षण नगरी जुका मार्ने जडिबुटी बारे जानकारी पस्कन लागेको छु । सवैभन्दा पहिले जुकाका लक्षणबारे जान्न आवश्यक छ । पेटमा जुका पर्दा पेट दुख्ने,भोक नलाग्ने, वाक-वाक लाग्ने, तौल घट्ने, गुदद्वार चिलाउने जस्ता लक्षण देखिएमा जुका परेको सहज अनुमान लगाउन सकिन्छ ।

परिक्षण: दिसाको जाँच सूक्ष्मदर्शक यन्त्रद्वारा गर्दा दिसामा जुकाका फुलहरु देख्न सकिन्छ । कहिलेकाहीं हुर्किसकेका जुकाहरु दिसाबाट अथवा वान्ताबाट पनि बाहिर आएको देख्न सकिन्छ ।

आयुर्वेदिक औषधि उपचार यस्तो छ

१. कृमि मूद्गर रस दिनमा २ पटक १,२ गोलीको मात्रामा खानु भन्दा अगाडि खाने । औषधि सेवन गर्नुपूर्व भेली, गुड दिएर औषधि सेवन गराउदा सवै चुर्ण र ठूला सवै यसले मार्ने काम गर्नेछ ।

नोट : औषधि सेवन हमेसा आयुर्वेदिक डाक्टरको रेख देखमा चलाउनु राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !