१३ बैशाख २०८१, बिहिबार

कलेजोलाई बोसोमुक्त बनाउने ५ उपायहरु


कलेजोलाई बोसोमुक्त बनाउने ५ उपायहरु
Ram-Thakuri
राम ठकुरी

हाम्रो कलेजोमा धेरै मात्रामा चिल्लो पदार्थ सन्चित भएमा बोसोको मात्रा बढेर जान्छ अर्थात यसको स्वस्थ्य तन्तुहरुको ठाउमा बोसोयुक्त तन्तुहरुले कब्जा जमाउछन् । बोसोयुक्त कलेजो हल्का पहेलो रङगको हुनको साथै सुन्निएको हुन्छ ।

अमेरिका , बेलायत र अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार बोसोयुक्त कलेजोले समस्या बढाउले हुन्छ। अमेरिका र अस्ट्रेलियामा ५ मा १ जनाको कलेजो बोसोयुक्त रहेको देखिएको छ । कलेजोमा बोसो जम्मा भएमा पेटमा पनि बोसो लाग्ने, मधुमेह हुनुका साथसाथै कलेजो सम्बन्धी विभिन्न समस्याहरु देखा पर्दछ ।

हाम्रो कलेजोमा धेरै मात्रामा चिल्लो पदार्थ सन्चित भएमा बोसोको मात्रा बढेर जान्छ अर्थात यसको स्वस्थ्य तन्तुहरुको ठाउमा बोसोयुक्त तन्तुहरुले कब्जा जमाउछन् । बोसोयुक्त कलेजो हल्का पहेलो रङगको हुनको साथै सुन्निएको हुन्छ ।

यस्ता छन् कलेजोमा बोसो जम्मा भएमा देखापर्ने लक्षणहरु 

१. पेट धेरै बढ्नु

२. कोलेस्टेरोल र ट्राइ ग्लिसे रोइसको मात्रा बढछ

३. थकानको मात्रा धेरै हुन्छ

४.  वाकवाक लाग्नु

५. पित्तमा पथरी देखा पर्नु

६. शरिर बढी तातो हुनु

७. पसीना बढी आउनु

८. आखाँ रातो हुनु र चिलाउनु

कलेजोको अल्ट्रासाउन्ड र रगतको परिक्षणबाट कलेजोमा बोसो जम्मा भए नभएको थाहा हुन्छ । खुसीको कुरा यदि कलेजोमा बोसो जम्मा भएको छ भने पनि पहिलेको जस्तै कलेजो पाउन सकिन्छ। यसको लागी निम्न ५ उपायहरु अपनाउन सकिन्छ ।

१. कार्बोहैड्रेटको मात्रा बढी भयेको खाना कम खानुहोस्

कार्बोहैड्रेट युक्त खाना बढी खाएमा कलेजोमा बोसोको मात्रा बढ्दै जाने हुन्छ। यदि कलेजोमा बोसोको मात्रा बढिसकेको छ भने यस्ता खने कुरा कम खानुहोस, जसले गर्दा बोसोको मात्रा कम गर्न कलेजोलाइ सजिलो होस। यि खानेकुरा आन्तर्गत अन्नको परिकार, रोटी, भात, पास्ता, पिठो को परिकार र आलु आदी पर्दछन ।

२. रक्सी कम सेवन खानुहोस्

कलेजोमा समस्या ल्याउने दोस्रो ठुलो कारण रक्सी सेवन हो। रक्सी सेवनले कलेजोमा बोसो जम्मा हुने ,यसका कोषहरु नस्ट हुनुको साथै कलेजो सुन्निने समस्या आउछ। यदि कलेजोमा बोसोको मात्रा बढी छ भने रक्सी सेवन घातक हुन जान्छ ।

३. तरकारी र प्रोटिन युक्त खानामा बढी जोड दिनुहोस्

तरकारी र फलफुलको सेवनले कलेजोमा रहेको बिषाक्त पदार्थ र चिल्लो बस्तुलाइ फाल्न सहायोग गर्छ भने प्रोटिनको सेवनले रगतमा चिनिको मात्रा सन्तुलन गरी पेटको तौल घटाउद्छ। प्रोटिनको रुपमा अन्डा, मासु, डेरी प्रोडक्ट, गेडागुडीहरु आदी लिन सकिन्छ ।

४. नपकाइएको तरकारीको जुस

नपाकाइएको काँचो तरकारी जस्तै बन्दा , काउली , मुला , लौका , साग ,बोडी आदी को जुसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट प्रसस्त मात्रामा पाइन्छ। तरकारीको जुसले कलेजोको बोसो हटाउन ठुलो भुमिका खेल्द्छ। तर फलफुलको जुसमा भने कार्बो हाइड्रेटको मात्रा बढी हुनेहुदा कांचो तरकारीको जुसनै बोसोयुक्त्त कलेजोको लागी बढी उपयोगि देखिन्छ ।

५. स्तरिय लिभर टोनिक लिनुहोस्

लिभर टोनिकले कलेजोको बिग्रीएको कोषहरुलाइ पुननिर्माण गर्ने भएकोले राम्रो डक्टर को सिफरिसमा स्तरिय खालको लिभर टोनीकको सेवन गर्नुहोस ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !