४ बैशाख २०८१, मंगलबार

स्वास्थ्यकर्मीमाथि बढ्दो दुव्र्यवहारविरुद्ध प्रदर्शन


महिला चिकित्सक

काठमाडौँ, ८ भदौ । कोरोना सन्त्रास बढ्दै गइरहेका बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ ।

मानव अधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गरौँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ भन्ने आग्रह गरिएको थियो ।

प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईँ र काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटका घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उनीहरुले अत्यावश्यक सेवाका यी क्षेत्रप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता संवेदनशील क्षेत्रमा कार्यरतको सधैँ सम्मान र सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीको सहभागिता थियो । सुरक्षा विधि अपनाएर भौतिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरिएको सभापति पुडासैनीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !