११ बैशाख २०८१, मंगलबार

डाक्टरको कथा र वेथा, कसले बुझ्ने ?


डाक्टर

वर्तमान अवस्था होस् या पछि कुनैपनि समय किन नहोस् हरेक अवस्थामा डाक्टर पिडित देखिन्छन् । डाक्टर भनेको भगवानको दोस्रो रूप हो तर डाक्टर सक्रमित हुनुको कारण नजानी डाक्टरलाई नै दोषी ठहराउनु भनेको मानवता नभएको ठहर छ । मानव सेवामा खटिएको डाक्टर जस्तोसुकै जोखिम उठाउन बाध्य भएको हुन्छ ।

आज नेपालमा नोबेल कोरोना एक प्रकारको भाइरस हो जस्ले नत डाक्टर भन्छ, नत नर्स भन्छ, नत ठूलो भन्छ, नत सानो भन्छ, नत यसले राजनीतिज्ञ भन्छ, नत पत्रकार यो सरूवा रोग हो सर्छ । तर अहिले डाक्टरलाई रोग सारेउ भनेर दोषी ठहराउनु गलत भएन त ? डाक्टर कुनै रोबोट होइन जसलाई कुनै पनि रोग नलाग्ने होस् ।

हामी मानीस कति सम्म घटिया सोचका छौं यस्को व्याख्या गरेर साध्य छैन । एउटा डाक्टरले अर्को डाक्टरको मात्र पिडा बुझ्ने तर एउटा नागरिकले अर्को डाक्टरको पिडा नबुझ्ने समाज दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । गलत र सहि छुटाउन नसक्ने समाज किन यसरी बढ्दैछ ।

डाक्टर पनि यही समाजको एउटा अंग हो जसको मुल उद्धेश्य रोग पत्ता लगाएर उपचार गर्नु रहेको हुन्छ । डाक्टरलाई भेट्न विरामी आएको हुन्छ सोधेको भरमा विरामीको उपचार गर्दा डाक्टरले छोएन भन्ने इनै जनता आज डाक्टरलाई रोगको सक्रमण भयो भनेर तिरस्कार गर्ने चलन दिन प्रतिदिन बढ्दैछ ।

यदि डाक्टरले उपचारनै नगरी घरमा बस्ने हो भने मलाई लाग्छ यहाँ मर्नेको संख्या आउने दिन हजारौं होइन लाखौमा बढ्ने देखिन्छ । हामीले डाक्टरलाई होइन सोयम विरामीले डाक्टरलाई दोष नलगाई उपचार गर्न सके कोही सक्रमित नहुने देखिन्छ ।

आज समाज कता मोडी रहेको छ यो सवैले बुझ्न आवश्यक छ । गलत समाचार दिने मेडिया पनि दोषी छन् जे मन लाग्यो त्यही लेख्ने परिपाटीले डाक्टरलाई दोषी ठहराउदा सिङ्गो समाज जोखिममा बढ्ने खतरा बढेको छ । डाक्टर होस् या वैद्य होस् या हकिमले यदि विरामी नछोई उपचार गर्न सके ठूलो जोखिमबाट आफुलाई बचाउन सकिने देखिन्छ ।

मलाई दु:ख लागेको सवैभन्दा महत्वपूर्ण कुरा डाक्टरलाई सक्रमित गराउने जनता यिनैलाई उकास्ने मेडिया यही अवस्था रहे डाक्टर पनि विदेश पलायन हुने खतरा बढेको छ । नेपालीहरूको कमजोर सोचका कारण धेरै ठूलो समस्यामा पर्ने निश्चित हुदैछ । आज देशको विकास जसरि ओरालो लागेको छ सेवाको इस्तर पनि ओरालो लाग्ने देखि रहेको छु ।

नेपालमा सेवा दिने डाक्टर यदि विदेशमा गए यहाँ ४५ हजार तलव खाने डाक्टरले २ लाख तलव विदेशमा पाउने गरेको छ । आज देशका होनाहार डाक्टरहरू यसरि विदेश तिर पलायन हुने खतरा बढ्दै छ । यदि यही रबैया नेपाली जनताले अपनाउदै जाने हो भने भयावह स्थिति ती आउने र उपचारका लागि छिमेकी गुहार्ने हुनसक्ने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !