१३ बैशाख २०८१, बिहिबार

रोग लगाउने मान्छे हटाउने पनि मान्छे कस्तो अचम्म


रोग लगाउने मान्छे
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यो युग वैज्ञानिक युग हो । आजकाल हरेक घरमा कम्प्युटर हुन्छ । कम्प्युटरमा भाइरस रोग लाग्छ जसरि आज कोभिड-१९ नेपालीलाई लागेको छ । कम्प्युटरको भाइरस हटाउन एण्टिभाइरस उत्पादन गरेर बजारमा ल्याएको हुन्छ । रोग लगाउने पनि मान्छे हटाउने पनि मान्छे ।

एकपटक सोच्नुस त मानिसलाई रोग लगाउन कसको हात रहेछ । सवै विगार्ने काम यही मानिसले गरेको देखिन्छ । स्वस्थ रहनु छ भने प्रकृतिलाई साथ दिनुस् नत्र तपाईं रोगको दलदलमा फस्दै जान सक्नु हुन्छ ।

एक पटक हामी कहाँ एक जना मानिस चोट लागेर ड्रेसिङ गर्न आउनु भएको थियो त्यही समयमा अर्का पनि चोट लागेर आउनु भएको रहेछ । पहिले आउनु हुने दाजुले भन्दै हुनुहुन्छ गोबर पोलेर ड्रेसिङ गरेको भए हुने थियो ।

उहाँ स्वयं यो काम गर्न सक्नुभएन तर अरूलाई सिकाउदै हुनुहुन्छ । मानिसले रोग उत्पन्न गराउन सक्छन् तर लागेको रोगलाई कसरी समाप्त भने गर्न सक्दैनन् । रोग लगाउन आज मान्छे नै छन् यसतर्फ हाम्रो ध्यान पुग्न आवश्यक छ ।

सामान उत्पादन गर्दा कमजोर खालको उत्पादन गर्छन् तब न कम्पनी चल्छ । ठिक यही अवस्था मानिसको छ । मानिस विरामी नभए नत हस्पिटल चल्छ नत फार्मेसी नै । यसरि हामीले बुझ्न आवश्यक छ । हामीले बजारमा बनेका बनाएका उत्पादन गरेका गराएका हरेक बस्तुमा निगरानी आवश्यक छ तब मात्र हामी सुरक्षित रहन सक्ने छौं ।

स्वास्थ्य धन हो भने रोग दलदल हो जब एकपटक फसेमा फसेको फसै हो । हजुर एक पटक टाउको दुख्न कम गर्ने औषधि सेवन गर्नुस एकछिन तपाईंको टाउको दुख्न ठिक त होला तर खाएको औषधिले ग्यास्ट्रिक पैदा भएर पुन ग्यास्ट्रिकको औषधि खान पुग्नुपर्ने हुनसक्छ ।

यसरी हामीले आफ्नो स्वास्थ्यलाई बचाउन सकिने देखिन्छ । हामी मान्छेबाटै बच्न सक्नुपर्छ । कसरी बच्ने कुरा हरेकले जान्न आवश्यक छ । स्वास्थ्य ठिक होस् भन्ने चाहना भए आजैबाट लापरबाही त्याग्ने काममा जुटौं बाहिरको खाना कमसे कम खाने गरौं ।

यस बारेमा जनचेतना जगाउने काममा जुटौं । रोग नलागोस भन्नका लागि प्रकृतिका अनुपम उपहारलाई प्रयोग गर्न जुटौं । भान्साका औषधि सेवन गरेर स्वास्थ्य लाभ लिन जुटौं । जडिबुटी प्रयोग गरेर स्वास्थ्य लाभ लिन जुटौं । परिवर्तन तपाई हामीले ल्याउने हो यहाँ कसैले परिवर्तन ल्याई दिदैमा परिवर्तन सम्भव छैन ।

हाम्रो भान्सामा एति ठुला ठुला औषधि छन् जसमा कारण आज नेपाली हामी सुरक्षित छौं । पत्याउनुस या नपत्याउनुस नोबेल कोरोना लाग्नबाट बचाउने औषधि भनेकै बेसार हो । बेसारको सेवन गर्नाले व्येक्टेरिया, भाइरस जस्ता अनगिन्ती रोग यसको प्रयोगले भाग्दछ ।

हामीसंग औषधि छ तर हामी दवाईको पछि भाग्दैछौं हामीले दवाईको सेवन गरेर रोग दवाउदै छौं । हामीमा स्वयं केहि गर्ने क्षमता समाप्त भएको छ । हामी अरूले उत्पादन गरेको जहर सेवन गर्न बाध्य छौं । हामीले आफ्नो सुरक्षा आफै गर्न असमर्थ छौं ।

रोग लगाउने मान्छे

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !