१३ बैशाख २०८१, बिहिबार

मागेर खानेलाई किन कोरोना भाइरसले आक्रमण गर्दैन ?


मागेर खाने
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मागेर खानेलाई किन कोरोना भाइरसले आक्रमण गर्दैन ? यस विषयमा गहन अध्ययनको खाँचो छ । जो घरभित्र बस्ने र मागेर खानेको तुलना गर्ने हो भने घरभित्र हुने मान्छे धेरै रोगी हुने तथ्य फेला परेको छ । यस विषयमा हामीले वास्तविक कारण खोज्ने प्रयत्न गरेका थियौं ।

सुर्यको किरणमा प्रयाप्त भिटामिनको स्रोतका कारण मानिस रोगको चपेटामा परेको हुदैन अर्कोतर्फ उसले अक्सिजन पनि धेरै प्रयाप्त गरेको हुन्छ । रोगसंग लड्न रोग प्रतिरोधात्मक प्रणाली घरभित्र बस्नेसंग भन्दा मागेर खानेहरूमा बढी भएको रहस्य पाइएको छ ।

अर्कोतर्फ माग्नेहरू प्राय: चप्पल नलाई हिड्ने गरेका हुन्छ त्यसले पनि रोगसंग लड्ने ठूलो मद्दत गरेको हुन्छ । यसको ठोस कारण हो हाम्रो पैतालामा असंख्य प्रेसर प्वाइन्ट हुन्छन ती प्वाइन्ट दविनुको कारणले पनि मानिस स्वस्थ भएको हुन सक्ने अनुमान गरिएको छ ।

आउनुस सुर्यको किरणबाट प्राप्त हुन सक्ने भिटामिनबारे जानकारी प्राप्त गरौं । सुर्यको किरणमा सवैभन्दा बढी भिटामिन ‘डि’ प्राप्त हुन्छ जसले हड्डी मजबुत बनाउने काम गर्दछ । सुर्यले ७ प्रकारको रंग धर्तीमा फाल्दछ । त्यस्ता रंगहरूमा के कस्ता तत्व हुन्छन् भन्नेबारे जानौं ।

गहिरो नीलो रंग (Indigo Color)

यो रंगमा विशेष गरी यो रंगलाई सर्ब श्रेष्ठ रंगको रूपमा हेरिएको छ । यो रंगमा अक्सिजन, हाइड्रोजन, कार्बन, फलाम, तामा र टिटेनियम आदि तत्व पाइन्छ । मानव स्वास्थ्यमा अति आवश्यक तत्व हामीले सुर्य किरणबाट प्राप्त गर्न सक्छौं ।

नीलो रंग (Blue Color)

सुर्यको यो कलरबाट नाइट्रोजन, मैग्नेशियम, बेरियम, यशद, तामा, एल्यूमीनियम, क्रोमियम, कोबाल्ट जस्ता अति आवश्यक तत्व प्राप्त गर्न सक्छौं । गर्मी मौसममा हुने ज्वरो, खोकी, पखला, आउ, दम, टाउको दुख्ने र पिसाब सम्बन्धित रोगबाट यसले बचाउने काम गर्दछ । यो रंगको कमिले पथरी, छाला सम्बन्धी रोग लाग्ने हुन्छ ।

रातो रंग (Red Color)

अन्य रंगमा झै यसमा पनि आक्सिजन, नाइट्रोजन, स्ट्रान्शियम, बेरियम तथा कैडमियम जस्ता तत्व प्राप्त गर्न सक्ने छौं । यो कलरबाट हामीलाई नसा सम्बन्धित रोग लाग्दैन ।

पहेलो रंग (Yellow Color)

उपरोक्त सवै तत्व पनि यो रंगमा पाइन्छ । यो रंगको प्रभावले पेट सफा गर्ने काम गर्दछ । पाचन शक्ति बढाउन धेरै राम्रो काम गर्दछ ।

सुन्तला रंग (Orange Color)

यसमा पनि सवै तत्व प्राप्त गर्न सकिन्छ । यो रंगको प्रभावले मोटोपना रोक्दछ । लिभर सम्बन्धित रोगबाट बचाउदछ ।

बैगनी कलर (Violet Color)

यस्मा पनि सवै तत्व पाइन्छ । यो तत्वको अभावमा मानिसलाई फोक्सोको रोग, निमोनिया आदिबाट बचाउदछ ।

हरियो रंग (Green Color)

यो आक्सिजन, नाइट्रोजन, स्ट्रान्शियम, बेरियम, यशद, तामो, एल्यूमीनियम, क्रोमियम, कोबाल्ट जस्ता कलर हामीले प्राप्त गर्न सक्छौ । यो कलरको कमि हुनाले नेत्ररोग, दाद, तालुको कपाल गायब हुने जस्ता अनेकौं रोग लाग्न सक्छ ।

यसरी माग्नेहरूले यो जस्ता अनेकौं तत्व प्राप्त गरेका हुन्छन र उनीहरूलाई नोबेल कोरोना लाग्ने सम्भावना धेरै कम हुन्छ । आजका नेपालीहरूमा यो जस्ता थुप्रै तत्वको कमी हुदैछ । रोग लाग्नुको पछि दु:खित खानालाई पनि लिन सकिन्छ । कुनै पनि सरूवा रोग लाग्नुको पछाडि लापरबाही प्रमुख मानिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !