११ बैशाख २०८१, मंगलबार

मधुमेहबारे छोटो जानकारी र उपचार


मधुमेह
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज हामीले ब्लड सुगरबारे जानकारी पस्कन गइरहेका छौं । ब्लड शुगर आज नेपालमा माहामारीको रूपमा फैलिएको छ । यस्तो हुनुको प्रमुख कारण खानपिनलाई प्रमुख मानिएको छ । शरीरमा ब्लड शुगर लेबल ठिक भएमा मधुमेह,किड्नी र हार्टको समस्याबाट आफुलाई बचाउन सकिनेछ ।

हाम्रो शरीरमा ब्लड शुगर कम गराउन एउटा हर्मोन हुन्छ जसलाई इन्सुलिन भन्दछन् । बढेको ब्लड शुगर घटाउन इन्सुलिनको प्रयोग गराइन्छ । आजको लेखमा हामीले ब्लड शुगर कसरी कम गराउन के खाने भन्ने कुरामा प्रकाश पार्ने जमर्को गर्दैछु ।

शुगर लेवल कम गराउन कस्ता खाना खाने जानौं

१. खाना हमेसा हल्का र चाडो पच्ने खालको हुनुपर्छ । सागसब्जी,फलफूलको सेवन बढी गर्नुपर्छ । यसरी सेवन गरेमा शुगर लेबल कम हुनुको साथै स्वास्थ्य लाभ हुनेछ ।

२. प्रोटीन युक्त पदार्थको सेवन गर्नाले अतिरिक्त खानाबाट आफुलाई बचाउन सकिनेछ ।

३. नास्ता अनिवार्य गर्नुस र नास्तामा प्रोटिन युक्त खाना अनिवार्य समावेश गर्नुस । यसले शरीर कमजोर हुनबाट बचाउनेछ ।

४. चिनीको मात्रा र रिफाइंड कार्बोहाइड्रेटबाट सकेसम्म टाढा रहनुपर्छ । यी दुबै शुगर लेबल बढाउन सक्छ । रिफाइंड कार्बोहाइड्रेटटले चाँडो पच्ने हुनाले यसले सुगर बढाउन सक्छ ।

५. आर्टिफिशल स्वीटले पनि सुगर लेवल बढाउन सक्छ । यस्ता बस्तुबाट सकेसम्म बच्नु नै राम्रो हुनेछ ।

सुगरको उपचार

१. आलसलाई अग्रेजीमा Flex Seed भन्दछन् । यसमा भएको पर्याप्त फाइबरका कारण पाचनक्रियामा अत्यन्तै सहयोगी हुनुका साथै सुगर र कार्बोहाइड्रेट सहजै पचाउनमा यो सहयोगी हुन्छ । यसको नियमित सेवनले कम गर्न सक्छ । बिहान खालीपेटमा एक चम्चा आलसको धुलो एक ग्लास मनतातो पानीमा हालेर नियमित सेवन गर्नुस फाइदा गर्दछ। आजकाल हर्वल कम्पनीले Flex Seed क्याप्सुल बनाएर पठाएको छ चिकित्सक या ट्रेनिक प्राप्त व्यक्तिको परामर्शमा लिन सक्नुहुन्छ ।

२. ग्रीन टी यसमा अधिक मात्रामा पोलिफेनोल पदार्थ पाइन्छ जुन एन्टीअक्सिडेन्ट र हाइपोग्लासिमिया कम्पाउन्डभित्र पर्दछ, जसले गर्दा सुगर लेभललाई सन्तुलित गर्दछ । आजैबाट दूध हालेको चियाको साटो ‘ग्रीन टी’को सेवन गर्ने गरौं । नेपालमा ग्रीन टी एकदमै सहज र सुपथ मूल्यमा पाइन्छ । हर्वल कम्पनी र आयुर्वेदिक कम्पनीले बनाएर बजारमा ल्याएको छ ।

३. तितो करेला, आजकाल अत्यधिक प्रयोग हुने गरेको पाइन्छ । यसको दैनिक प्रयोगले हामीलाई मधुमेहबाट टाढा राख्दछ । यसमा इन्सुलिन सरहको पदार्थ प्रत्यक्ष रुपमा पाइन्छ जसले शरीरमा सुगर लेभल सन्तुलित गर्दछ । सकिन्छ भने हप्तामा दुई पटक तरकारी या जुस बनाएर बिहान खाली पेटमा हप्ताको तिन दिन सेवन गरौं, तितो भएर के भयो र ? यसका फाइदाहरु अवश्य नै मिठा छन् ।

४. करेला जामुनको जुस बजारमा या मेडिकलबाट प्राप्त गर्न सक्नुहुन्छ । ३० मिली जति विहान बेलुका खाना अगाडि खानु भएमा यसले सुगर बढ्नबाट रोक्दछ ।

५. डाइबेक्स टेब्लेट आयुर्वेदिक पसलबाट ल्याउनुस दिन्मा २ पटक २ गोलीको मात्रामा खानुस सुगर बढ्नबाट रोक्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !