७ बैशाख २०८१, शुक्रबार

३० वर्ष नाघेका पुरुषमा आउन सक्ने खतराहरु


उमेर बढ्दै जाँदा शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउने हुन्छ चाहे पुरुष हो वा महिला उमेर ३० बर्ष नाघिसकेको छ भने खानपानमा ध्यान दिनुको साथै नियमित योगा वा  कसरतको लागि पनि समय छुट्याउने गर्दा राम्रो हुन्छ । यसमा सावधानी नअपनाउने हो भने जटिल समस्या झेल्नु पर्ने हुनसक्छ। यहाँ पुरुषको उमेर ३० बर्ष नाघिसकेपछि आउन सक्ने स्वास्थ्य समस्याको बारे चर्चा गरिएको छ ।

१. प्रायमा मोटोपना आउने हुँदा रगतमा कोलेस्टेरोल बढ्ने हुँदा मुटुको रोग लाग्न सक्छ । त्यसैले मोटोपना हुन दिनु हुँदैन ।

२. ३० बर्ष पछि पुरुषहरुमा dihydrotestosterone हर्मोनको मात्रा असन्तुलित हुने हुँदा कपाल झर्ने समस्या आउछ ।

३. मोटोपंना बढेर रगतमा इन्सुलिनको मात्रा पनि बढ्न सक्छ र मधुमेहको समस्या आउन सक्छ।

४. मेल हर्मोन Testosterone को कमि भइ फर्टिलिटी पावर घट्न सक्छ ।

५. शरीरमा क्याल्सियमको कमि भइ हड्डी कमजोर हुन सक्छ ।

६. पुरुषको उमेर ३० बर्ष नाघिसकेपछि शरीरको उपापचयन (metabolism) दर घटेर जान्छ । जसले गर्दा खाना पच्ने कार्य ढिला भई अनावश्यक फ्याट पेटमा जम्मा हुन्छ ।

७. ३० बर्षपछी पनि धुम्रपान गर्ने पुरुषमा फोक्सोको क्यान्सर हुनसक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !