११ बैशाख २०८१, मंगलबार

पुरुषको शुक्रकिटको मात्रा कम भए हुनसक्छ बाझोपन


पुरुषको शुक्रकिट
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज अधिकांश पुरूषमा सुक्रकिट कमजोेर हुदै गएको देखिन थालेको छ । आज विश्वमा पुरुषको विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिनु राम्रो संकेत पक्कै होइन भन्दा हुन्छ । हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ, जसको मुख्य कारण पर्याप्त शुक्रकिटको अभाव तथा शुक्रकिटको गुणस्तर कमजोर हुनु मानिएको छ ।

अध्ययन अनुसार अत्यधिक औषधिको प्रयोग विकिरण, नार्कोटिक ड्रग तथा तनावका कारण पनि शुक्रकिटमा गिरावट आउँदछ । त्यस्तै बढि गर्मी वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना हुने पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने समस्या देखा पर्ने गरेको छ ।

मोटोपना बढ्दै जाँदा शुक्रकिटको संख्या घट्दै जाने देखिएको छ । शरिमा वोसोको मात्रा बढि हुँदा शुक्रकिटको संख्यामा गिरावट आउन सक्छ । बढि दुब्लो हुनुपनि पुरुषत्वको हिसाबले राम्रो होइन । बिएमआइ १८.६ भन्दा कम हुनेहरुमा विर्य तथा शुक्रकिटकै उत्पादन ८.६ प्रतिशत कम हुने अध्ययनले देखाएको छ ।

धुम्रपान तथा मध्यपान बढि गर्नेहरूमा पनि शुक्रकिटका लागि बढी हानिकारक हुने देखाएको छ । चुरोट र सुर्तीजन्य बस्तुको सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ । अल्कोहल सेवनले पनि शुक्रकिटको संख्या घटाउनुका साथै स्वस्थ तथा सामान्य सुक्रकिटको प्रतिशतमा गिरावट ल्याइदिन्छ ।

लामो समयसम्म सम्भोग नगर्नु वा हस्तमैथुन नगर्नु पनि पुरुषत्वको लागि हानिकारक पाइएको छ । बच्चा जन्माउने योजना बनाइरहेका दम्पतीहरुले राम्रो शुक्रकिट जम्मा गर्न भन्दै लामो समयसम्म सम्भोग नै नगर्ने र केही समयपछि मात्र सम्भोग गरेर राम्रो र ठूलो परिमाणको विर्यमार्फत गर्भाधारण गर्ने सोँच बनाएका हुन्छन् र सोही बमोजिम काम पनि गर्छन् । तर यसो गर्नु राम्रो मानिँदैन ।

एक्सरे, केमोथेरापी तथा कतिपय एन्टीबायोटिक र अन्य औषधिको अत्यधिक सेवनका कारणले,बढि व्यायाम गर्नु, ज्वरो, अण्डकोषको नशा मोटो हुनु, यौनरोग, तथा कतिपय औद्योगिक रसायन, धातुजन्य पदार्थ र विषादीले पनि पुरुषमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा कमी ल्याउने र बाँझोपन निम्त्याउने जोखिम रहेको अध्ययनले देखाएको छ ।

के खाने ?

भिटामिन ई र बी पाइने खानेकुरा प्रसस्त खाने जस्तै अण्डा, दूध, बदाम र सागपात गेडागुडी खाने सेलेनियम – माछा, सनफ्लावर, प्राउन, गहुँ, चामल, ओटबाट बनेका खाद्य पदार्थका साथै सी फुडहरु खाने।

उपचार

१.सिमेण्टो २ गोली दिनमा २ पटक ३ महिना खाने ।

२.मुसलिपाक १ चमच औषधि ३ महिना जति खाने ।

३. आजकाल बजारमा भिटामिन ई ४०० मि.ग्राम.यस्को कमिका कारण पनि बाझोपन हुन सक्छ । आवश्यकता हेरेर यो औषधि नियमित केहि महिना दिनाले फाइदा गर्दछ ।

४.बदाम, ओखर दूधसंग नियमित खाने ।

महिला बाझो भएमा

१. अनियमित मासिक धर्म हुनु डिम्ब कमजोर हुने, गर्भासय कमजोेर जस्ता समस्या देखिएमा रेगुमिन्स १५ मि.लि.जती औषधि समभाग पानीमा २ पटक दिने ।

२. सुपारी पाक औषधि १चमच दूधसंग दिनमा २ पटक दिने ।

३. भिटामिन ई ४०० मि.ग्राम नित्य केहि महिना खान दिने ।

४. मासिक स्राप भएको ५ दिनबाट ७ दिनसम्म १ पटक शिवलिङ्गी बुटि दूधमा राखेर खान दिने ।

नोट : दाम्पत्य जीवन सफल होस् भन्ने चाहना हुनेले र सन्तानका रहर हुनेहरूले लागुऔषध,जाड रक्सी,सुर्तीजन्य पदार्थको सेवन बन्द गरेर सन्तान को रहर पुरागर्नु हुनेछ । समय परिवर्तन भइ सकेको छ । यदि हजुरमा यस्तो समस्या देखिएको भए या शुक्रकिट कमजोर भएको थाहा भएमा डाक्टरको परामर्शमा उपचार गराउन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !