, प्रधानमन्त्री ओली अचानक पुगे बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रमा

प्रधानमन्त्री ओली अचानक पुगे बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रमा

काठमाडौँ, असार १७ । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल गई अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री निवास बालुवाटार फर्किसकेको जानकारी दिएका छन् ।

केहि दिनदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकको चटारो र पार्टीमा सिर्जित व्यक्तिगत शक्ति संघर्षले गर्दा प्रधानमन्त्रीलाई धपेडी परेको हुने सक्ने स्वास्थ्यकर्मीहरु बताउछन् । यसअघि उनी बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकका उपस्थित भएका थिए ।