७ बैशाख २०८१, शुक्रबार

केहि शाकाहारी परिकार बनाउने सामाग्री तथा विधिहरु


Paneer

राजमा ग्रेवी

rajma-masala

राजमा एउटा प्रोटिनयुक्त व्यन्जन हो र यसको धेरै परिकार बनाउन सकिन्छ ।  हाम्रो परम्पराहरूमा पनि राजमाको ठूलो महत्व छ क्वाटी बनाउँदा विवाह भोजहरूमा र दैनिक भोजनमा समेत र यहाँ धेरै सजिलो तरिका दिइएको छ ।

सामाग्री : ५०० ग्राम राजमा १ दिन अगाडि पानीमा भिजाउनु १०० ग्राम प्याज काट्नु १०० ग्राम टमाटर पिस २५/२५ ग्राम लसुन अदुवा पेष्ट १/१ टेवुल स्पुन जिरा, धनियाँ, वदाम, नरिवल धुलो १/१ टि स्पुन बेसार, खोर्सर्ाा धुलो ४/५ वटा तेजपात नुन अजिनोमोटो तेल इच्छानुसार ।

बनाउने विधि : भिजाएको राजमालाई कुकरमा २ सिठी लगाउनु । तेल तताई प्याज राखो हुने गरी फ्राई गर्नु । लसुन, गोलभेडा, तेजपात र अन्य मसला राजमामा राखी ४/५ मिनेट भुट्नु र आवश्यक ग्रेवी राख्नु तयार भयो ।

शाही पनिर

shahi-paneer

सामाग्री : १ किलो पनिर, २५० ग्राम क्रिम, ५०० ग्राम प्याज कोरेको, ५०० ग्राम टमाटर मिक्सचरमा पिँध्नु, १०० ग्राम वटर, १०० ग्राम टमेटो प्यूरी, ५०० ग्राम अमिलो दही, २० ग्राम मैदा, १५० ग्राम काजु, १०० ग्राम किसमिस, आधा चम्चा जिरा, आधार चम्चा धनियाँ, बेसार, खोर्सर्ााको धुलो, एक चौथाई चम्चा जिराको दाना, नरिवलको जुस, १ चिया गिलास वटर, पिनट पेष्ट, १०० ग्राम केसर ५/६ पिस, तेल फ्राई गर्न पुग्ने, नुन, अजिना मोटो इच्छानुसार ।

बनाउने विधि : पनिर आधार इन्चको मोटो टुक्रामा काट्नु र हाफ फ्राई गर्नु, किसमिस काजु फ्राई गरी छुट्टै राख्नु । अब बचेको तेलमा प्याज फ्राई गर्नु । रातो भएपछि गोलभेडा पनिर राख्नु । दही मैदा फिट्नु साथै अन्य मसला पनि ४/५ मिनेट पकाउनु धनियाँ प्याजहरू राख्नु तयार भयो ।

मिक्स भेजिटेवल पुलाउ

vegetable pulao

सामाग्री : ५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुवाउनु, ४/५ वटा सुकुमेल ल्वाङ दालचिनी तेजपात, १०० ग्राम राम्रो घिउ १/४ टि स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार ५० ग्राम काजु ।

बनाउने विधि : चामल सफ गरी भिजाउनु तरकारहरूको पानी निचरनु । अब घिउ तताई ल्वाङ सुकुमेल राखी प्याज फ्राई गर्नु । चामलको पानी तारी चामललाई ४/५ मिनेट भुट्नु आवश्यक पानी राखी पकाउनु । पाकिसके पछि तरकारीहरू राखी चलाउनु र काजुल सजाउनु । परिकार तयार भयो ।

पालक पनिर
palak-paneer

सामाग्री : ५ कल्ली पालक २०० ग्राम पनिर, १०० ग्राम मटर दाना, १०० ग्राम प्याज कोर्नु, १०० ग्राम टमाटर पिन्नु, २५/२५ ग्राम अदुवा, लसुन पेष्ट, १/१ टेवुल स्पुन जिरा धनिया धुलो, १/२ – १/२ टि स्पुन बेसार, खोर्सर्ाा धुलो, १५ ग्राम कसुरी मेथी, २ टेवुल स्पुन ताजा क्रिम, १ टेवुल स्पुन कोरेको चिज, १/४ टि स्पुन गरम मसला, तेल, नुन, अजिनोमोटो इच्छानुसार ।

बनाउने विधि : पालक सफा गरि काट्नु र नुन राखी ४/५ मिनेट उसिन्नु पनिर ४ कुने पिसमा सानो काट्नु पालकको पानी निचोरी मिक्सरमा सिलौटोमा पिन्नु, तेल तताई पनिरलाई फ्राई गरि नुन पानीमा डुवाउनु बचेको तेलमा प्याज रातो हुने गरि भुट्नु । लसुन गोलभेडा भटर र अन्य मसलाहरू राखी तेल नछुटिन्जेलसम्म पकाउनु । अब पालक र डुवाइ राखेको पनिर राखी पुन ४/५ मिनेट पकाउनु । चिज र क्रिमले सजाई र्सर्भिस गर्नु ।

कटहर कवाफ

सामाग्री : एक किलो रुख कटहर तासेर टुक्रा गर्नु, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा १०० ग्राम दही, १/१ टेबुल स्पुन लसुन अदुवा पेष्ट १/१ टेबुल स्पुन जिरा धनियाँ धुलो, १/१ टि स्पुन, बेसार खोर्सर्ाा धुलो १०० ग्राम तेल ४ मुठा हरियो धनिया, काटेको १/२ टि स्पुन गरम मसला नून इच्छानुसार ।

बनाउने विधि : तेल तताई प्याज फ्राई गर्नु र टुक्रा गरेको कटहर राखी नून बेसार राखेर सानो आगोमा छोपेर पकाउनु । कटहर पाकेपछि लसुन गोलभेडा र अरु मसलाहरू राखी पुन ५/६ मिनेट पकाउनु । अब दहि फिटेर राख्नु । गरम मसला धनियाँ राखी खान दिन ।

 

साबुदाना पुरी

sabudana-puri

सामाग्री : १ किलो गहुँको पीठो, आधा किलो साबुदाना, २५ ग्राम जुवानो, नुन स्वादअनुसार, तार्नलाई पुग्ने तेल अथवा घ्यू ।

बनाउने विधि : साबुदानालाई पखालेर ५ मिनेट जति भिजाउनु र पानी निथारी पीठो चाली साबुदाना जुवानो नुन मिलाई पुरीको जस्तै मुछ्नु सानो गोलो बनाई बेल्नु र पुरी जस्तै गरी तार्नु कुनै अचार वा तरकारीको साथ खानु यो ब्रतहरूमा पनि उपयोगी हुन्छ । इच्छा भएमा यसमा केही आलु पनि मिलाउन सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !