१३ बैशाख २०८१, बिहिबार

३६ प्रतिशत मानिसद्वारा अश्लील साइटको प्रयोग, जसले गर्दा स्वास्थ्यमा हुन्छ गम्भीर असर


अश्लील साइट

एजेन्सी । अश्लील चलचित्रले सामाजिक, आर्थिक, शारीरिक र मानसिकरुपमै नकरात्मक असर गर्ने गरेको विभिन्न अध्ययनको निष्कर्ष छ । बेलायतमा गरिएको एकअध्ययनअनुसार ११ देखि १६ वर्षसम्मका आधाभन्दा धेरैले इन्टरनेटमा अश्लील सामाग्री हेर्ने गरेको बिबिसीले जनाएको छ । चिकित्सकहरुले वैज्ञानिक अध्ययनहरु आवश्यक भएकोमा जोड दिएका छन् । सिविन नेपालले काठमाडौंमा गरेको अध्ययनमा ३६ प्रतिशत युवा उमेरका व्यक्तिले इन्टरनेटमा अश्लील चलचित्र हेर्ने गरेको पाइएको छ । यौन सम्बन्धि सामान्य जिज्ञासाबाट अश्लील चलचित्रको लतमा फस्दै गएका छन् ।

२० प्रतिशतले अश्लील सामाग्री हेर्नकै लागि इन्टरनेटको प्रयोग गरिरहेको पाइएको छ । यौन सामाग्रीमा पहुँच र यसको धेरै प्रयोगले व्यक्तिमा आजीवन असर गर्ने खालका नकरात्मक असर गर्ने गरेको पाइएको छ । अश्लील चलचित्र हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुची देखिन थाल्छ । यौन सामान्य र सहज हो भन्ने छाप पर्छ । समकालीन वा वयस्कहरुसँग उत्तेजक व्यवहार गर्न थाल्ने तथा परिवार वा साथीसँगभन्दा भिन्दै बस्न रुचाउने खालको व्यवहार युवाहरुमा हुन्छ । अश्लीलताले मानिसलाई लागूपदार्थको जोखिममा पुर्याउन सक्छ भने अध्ययनमा असर गर्ने र आत्महत्यासम्मको प्रयासमा सहयोग गर्ने गरेको पाइएको छ ।-बिबिसीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !