८ बैशाख २०८१, शनिबार

यस्ता छन् अश्वगन्धा प्रयोग गर्नुका फाइदाहरु


अश्वगन्धा

यौन दुर्बलता र नपुंसकता, मुर्छा, अनिन्द्रा, वाथ रोग, नशा सम्बन्धित रोग, शारीरिक कमजोरी, गर्भाशय र योनी सुन्निएको, योनीबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने, अजीर्ण-अपच, भोक नलाग्ने, पेट दुखेको, क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्त बिकार आदि रोगहरुको उपचारमा यसको जराको चूर्ण सेवन गरिन्छ तथा पातलाई चिया जस्तै पकाएर खाइन्छ ।

अश्वगन्धाको चुर्णले मांशपेशी तथा नसालाई शक्ति प्रदान गर्ने गर्दछ । त्यस्तै जोर्नीको बाथ लगायत सबै किसिमको बाथ, पक्षघात, साइटिका, धनुष्टंकार, युरिकएसिड यौन दुर्बलता, शुक्रकिटको कमि आदि रोगहरूको उपचारमा पनि यसको एक चम्चा चुर्णलाई दूध तथा महसँग मिलाएर दिनमा दुई पटक खाने गरिन्छ ।

अशोग्धाको स्वाद घोडाको जस्तो भएकाले अश्वगन्धा भएको भन्ने एकथरी छन् भने अर्को थरीले यो औषधि सेवन गर्नाले घोडा जस्तो बलियो हुने हुनाले अशोगन्धा हुन गएको भन्ने भनाई छ । चाहे जे होस् आयुर्वेदिकमा यसलाई भिटामिनको रूपमा लिएको पाइन्छ ।

यो औषधि नेपालमा उत्पादन गर्न सकिने देखिन्छ । भारतले विगत लामो समयदेखि यस्को उत्पादन गरेर देश विदेशमा पठाएको छ । कम लागतमा उत्पादन गरेर राम्रो पैसा भित्राउन सकिने देखिन्छ । आजको लेखमा मैले अशोगन्धाबाट के कस्ता रोगको उपचार गर्न सकिन्छ भन्ने कुरामा प्रकाश पार्नेछु ।

अश्वगन्धाको प्रयोग यसरी गर्न सकिन्छ

१. पुरूषको लागि शुक्राणुको कमि हुनुलाई ठूलो समस्याको रूपमा लिन सकिन्छ । यसको प्रयोगले शुक्राणु बढाउने काम गर्दछ । यो औषधि दूधसंग एउटा ठूलो चमच दिनमा २ पटक खानुपर्दछ ।

२. दम र खोकीमा पनि यो औषधिले राम्रो फाइदा पर्दछ । अशोगन्धाको चूर्णलाई हल्का मनतातो दूधसंग दिनमा २ पटक खान दिनाले दम र खोकी ठिक हुन्छ ।

३. स्वयत प्रदर सेतो पानी बग्ने समस्या भएका महिलाहरूलाई यो औषधिको सेवन गराउनाले राम्रो फाइदा गर्दछ । स्वयत प्रदरमा अशोगधाको चूर्ण २ ग्राममा १/२ ग्राम जती वंशलोचन मिस्रण गरेर दूधसंग दिनमा २ पटक खान दिनु राम्रो फाइदा गर्दछ ।

४. अल्प विकसित स्तनलाई समेत यस्को सेवनले स्तन बढाउन ठूलो मद्दत गर्छ । स्तन बढाउन इच्छा भएमा शतावरी चूर्णसंग अशोगन्धा चूर्ण मिलाएर दिनमा २ पटक खाँदा हुन्छ ।

५. महिलाहरूको प्रजनन क्षमतालाई समेत अशोगन्धाले राम्रो फाइदा गराउदछ । एक चमच चूर्ण दिनमा २ पटक दूधसंग खाँदा हुन्छ ।

नोट : यो औषधि जडिबुटी बेच्नेहरूसंग खरिद गर्न सकिन्छ । आजकाल यो औषधि हर्बल कम्पनीले क्यापसुलमा बनाएर पठाएको छ ।

यो पनि पढ्नुहोस्

अदुवाका औषधि उपचारहरु

नेपालमा जडिबुटीको वर्तमान अवस्था

नेपाली जडिबुटी पलाशका चमत्कारपूर्ण गुणहरु

स्वास्थ्यको लागि चमत्कारीक जडिबुटी पुनर्नवाका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !