७ बैशाख २०८१, शुक्रबार

यस्तो छ, फङ्गल इन्फेक्सन हुनुका कारण र यसवाट पच्ने उपायहरु


फङ्गल इन्फेक्सन

एजेन्सी, गर्मीमा पसिना, वायुमा आर्द्रता बृद्धि अनि शरीर गुम्स्याउनाले फङ्गल इन्फेक्सन हुन्छ । यो एक प्रकारको ढुसी (फंगाई) को कारण हुन्छ । फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ बन्ने लगायतका समस्या देखापर्छन् । गर्मी महिनामा पसिना धेरै आउने हुँदा यो समस्या देखिन्छ। गर्मीमा चिपिक्क परेको लुगा लगाउने, धेरै बेरसम्म जुत्ता लगाइराख्ने र मोटा मान्छेलाई यो समस्या धेरै देखिन्छ । शरीरको कापकापमा धेरै बेरसम्म पसिना आइराख्यो भने पनि यो समस्या हुन्छ । डाइपर लगाउने बच्चामा पनि डाइपर लगाउने भागमा काछ लाग्नेगर्छ ।

छाला चिलाउने, छाला रातो हुने, छालामा गोलो रिङ हुने, छाला उप्किने, पानीका फोका जस्तो घाउ आउने, घाउमा सेतो पाप्रा जम्ने,औँलाको काप सुन्निने जस्ता यसको लक्षण हो । गर्मी महिनामा नुहाएपछि राम्ररी पुछेर शरीर सुख्खा राख्ने, गर्मी महिनामा सुतीको हल्का लुगा लगाउने, शरीर ओसिलो हुनबाट जोगाउने, पसिना धेरै आउन नदिने र शरीर गुम्स्याएर नराख्ने, बजारमा जथाभावी पाइने औषधि नलगाउने, जुत्ता धेरै दिनसम्म एउटै नलगाउने, जहिले पनि सुतीको मोजा लगाउने र मोजा दिनहुँ धुने, धेरै पसिना आउनेले एन्टिफंगल पाउडर र साबुनको नियमित प्रयोग गर्ने जस्ता आदि यसवाट बच्ने उपाय हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !