८ बैशाख २०८१, शनिबार

यस्तो छ नाकको एलर्जीका लक्षण र जोगिने उपायहरु


एजेन्सी, वातावरणीय प्रदुषणका कारण श्वासप्रश्वासजन्य समस्याबाट शहरी क्षेत्रमा बस्ने मानिसहरू बढी पीडित भइरहेका छन् । शरीरका जुनसुकै अंगमा एलर्जी हुने क्रम बढ्दो छ । प्रदुषणका कारण सबै भन्दा बढी नाकमा एलर्जी हुनसक्छ । नाकको एलर्जीलाई बेवास्ता गरे यसले दम रोग समेत निन्त्याउन सक्छ । नाक बन्द हुने, स्वाँ स्वाँ बढी हुने, पतलो सिंगान बग्ने, हाँछ्यू आउने, लामो समयसम्म एलर्जी भइरहे पिनास हुने, टाउको दुख्ने, नाकभित्र मासु पलाउने, बच्चाहरूमा दुखाई हुने र सुत्न गाह्रो हुने जस्ता लक्षण हुन् । यसको प्रमुख कारण भनेको प्रदुशित वातावरण, वंशाणुगत गुण र नाकमा कुनै समस्या जस्ता आदि हुन् । यो समस्या जोसुकै व्यक्तिलाई जुनसुकै बेला पनि हुनसक्छ । एलर्जीलाई सदाको लागि हटाउन भने सकिदैन्, नियन्त्रणमा राख्ने मात्रै हो । शरीरलाई अनुकुल नहुने वातावरणमा नबस्ने । स्वच्छ वातावरणमा बस्ने । बाहिर निस्कदा वा धुँवाधुलो भएको ठाउँमा जाँदा माक्सको प्रयोग गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !