८ बैशाख २०८१, शनिबार

पुरुषले महिलालाई प्रभावित गर्न बोल्ने ७ झुटहरु


Couple

के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि झुटहरु बोलेका हुन्छन् । विवाह अघि केटाहरुले बोल्ने झुटहरु यस्ता छन् :

अहिलेसम्म मेरो कोहीसँग अफियर नै चलेको छैन 

विवाह अगाडि अधिकाशं पुरुषले बोल्ने सबैभन्दा ठुलो झुट नै यहि हो । केटाहरुका चाहे जति जना गर्लफ्रेण्ड हुन्, विवाह अघि त्यसलाई नर्काने गर्दछन् ।

तिमी मात्र एकजोर लुगामा आऊ

मन परेको केटिलाई विवाह अघि केटाले बोल्ने अर्को झुट विवाहको कुनै तयारी नगरी आफुले लगाएको लुगामा मात्र घर आउन भन्छन् । यर्थाथमा उनीहरुले त्यसो भन्नुको पछाडि मन परेको मान्छेलाई गुमाउन नचाहानु र केटिलाई प्रभावित पार्नु नै हो ।

विवाह पछि म यो सब छोडिदिन्छु

अधिकाशं केटाले विवाहअघि बोल्ने अर्को झुट भनेको आफुमा रहेको कुनै खराब अम्मल अर्थात मद्यपान, धुम्रपान, सुर्ति लगायतको सेवन गर्ने बानि विवाह पछि छोड्ने बताउछन् ।

तिम्रो र मेरो परीवार दुबै बराबर

केटाले विवाह गर्नु अघि घर पक्ष र ससुराली पक्ष दुबै बराबर हुने बताउँछन् । दुबै तर्फको परीवारलाई समान ब्यवहार गर्ने उनिहरुको प्रतिवद्धता हुन्छ जो कालान्तरमा अधिकांश केटाहरु पुरा गर्न सक्दैनन् ।

तिमी संसारको सबैभन्दा राम्री छौ

हरेकलाई थाहा छ, सुन्दरताको कुनै स्पष्ट परिभाषा हुदैन । हरेक सुन्दरता हेर्ने दृष्टिमा भर पर्छ । तर विवाह अघि केटाले केटिलाई आर्कषित गर्न उनि नै संसारको सबैभन्दा राम्री भएको झुट बोल्छन् । यर्थाथ संसारमा अरुपनि धेरै राम्रा हुन्छन् ।

तिमी नै मेरो सबैथोक हौ

विवाहअघि केटाले केटिलाई तिमी नै मेरो सर्वश्व हौ भनेर मख्ख पार्छन् । तर विवाहको केहि समयपछि विस्तारै केटाहरु समय दिन सक्दैनौ । साथै श्रीमतीले भनेको कुरा समयमा पुरा गर्न सक्दैनन् ।

हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छौ

विवाह अघि पुरुषले हुनेवाला जीवनसाथिलाई उनी हरेक रुपमा राम्री लाग्ने बताउछन् । शुरु शुरुमा श्रीमतीका हरेक कुरा मनपर्ने श्रीमानलाई पछिपछि उनको त्यहि बानि तथा पहिरनमा कमजोरी देख्न थाल्छन् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !