११ बैशाख २०८१, मंगलबार

वर्षा याममा स्वस्थ रहने पाँच उपायहरु


वर्षायाममा विभिन्न सरुवा रोगले मान्छेलाई प्रायः सताइ रहेको हुन्छ । त्यसकारण यी पाँच उपायहरुमा विशेष ध्यान दिनु आवश्यक छ । जुन यस प्रकार रहेको छ ।

• वर्षायाममा जमिन भित्र बस्ने धेरैजसो कीरा सतहमा आउने भएकोले तिनले फलफूल, साग, तरकारीलगायत खाद्य पदार्थलाई दूषित गर्छन् । त्यसकारण यस मौसममा कुनै पनि फल वा साग, तरकारी खानुअघि राम्ररी पखाल्नुपर्छ ।
• वर्षायाममा कहिलेकाहीँ पानीका कारण संक्रमणको समस्या देखापर्छ । विशेषगरी बच्चाहरू चाँडै संक्रिमत हुन पुग्छन् । त्यसैले यस मौसममा बालबालिकादेखि वृद्ध-वृद्धा सबैले उमालेको पानी खानुपर्छ ।
• लामखुट्टेलगायतबाट बच्न घरवरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
• बालबालिकालाई बर्सातको पानीमा भिज्न दिनु हुँदैन । स्कुलबाट फर्किंदा बाटोमा भिजे भने उनीहरूलाई तुरुन्त सफा पानीले नुहाइदिनु पर्छ । तातो खानेकुरा खान दिनुपर्छ । र, उनीहरूको खेल्ने स्थान पनि सफा राख्नुपर्छ ।
• बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । विभिन्न रोगले उनीहरूलाई सजिलै आक्रमण गर्न सक्छन् । कुनै पनि मौसमी समस्या देखिएमा चाँडोभन्दा चाँडो चिकित्सकसँग सल्लाह लिनुपर्छ । बर्सातमा बालबालिकालाई विभिन्न स्वास्थ्य समस्याबाट बचाउन उनीहरूलाई फोहोरबाट टाढा राख्नुपर्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !