१३ बैशाख २०८१, बिहिबार

बेलुकाको खाना ढीला खानुका बेफाइदाहरु


ricevv

स्वास्थ्य जीवनयापनका लागि राती ८ बजेभन्दा अगाडी नै खाना खानुपर्ने चिकित्सकहरु बताउँछन् । अहिले बदलिंदो समयसँगै मानिसको जीवनशैलीमा पनि तिब्र रुपमा परिवर्तन आइरहेको छ । पहिले पहिले मनिसहरु बिहान छिटो उठ्ने गर्थे र राति छिटो सुत्थे, तर अहिले राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आधुनिक जीवनको पर्याय जस्तै बनेको छ । यसरी राति ढीला सुत्दा मानिसहरुमा खाना खाने बानी पनि ढीलो हुन थालेको छ । यसले मानिसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

ढीला खाना खादाको असर यस्तो छ

  • सुत्नमा समस्या हुन्छ

अबेर रातीमा खाना खानुले शरीरको स्लीप साइकिल डिस्टर्ब हुन्छ । सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, अबेर राति खाना खानुनले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले पनि सताउँछ ।

  • पाचन प्रक्रियामा समस्या

तपाईलाई यदी ग्यास्ट्रिकको समस्या छ भने खाना खाने समयमा परिवर्तन गर्नुहोस् । अबेर राति खाएको खाना तपाईको शरीरमा राम्ररी डाइजेस्ट हुन सक्दैन् । जसका कारण ग्यास्ट्रिकको समस्या बढ्छ ।

  • तौल बढ्नु

अबेर राति खाना खानुले शरीरको स्केडियन क्लक पनि प्रभावित हुन्छ । स्केडियन क्लक बिग्रनुले निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ । यसले शरीरको तौल बढ्न थाल्छ ।

  • ब्लड प्रेसर बढ्छ

गलत समयमा खाएको खानाले शरीरलाई फाइदा भन्दा धेरै असर पुर्‍याउँछ । ढीला खाना खाँदा हृदयघात र मधुमेहको खतरा बढी हुन्छ । अध्ययनअनुसार, अबेर राति खाना खाँदा ब्लड प्रेसरको समस्या तथा ब्लडमा सुगरको लेवल समेत बढ्छ । जुन मानिसको स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !