४ बैशाख २०८१, मंगलबार

तपाई कुन कफी पिउनुहुन्छ ? जसले निर्धारण गर्छ यस्ता व्यवहार !


coffee

कडा खानेकुरा मन पराउनेहरुको व्यक्तित्व वा मनोवैज्ञानिक प्रवृत्ति पनि कडा खालकै हुने एक अध्ययनले पत्ता लगाएको छ । यदि तपाई मिल्क कफीको सट्टा ब्ल्याक कफी पिउनुहुन्छ र त्यो पनि कडा चाहिन्छ भने तपाईको व्यक्तित्व उदास प्रकृतिको छ वा शत्रुतापूर्ण व्यक्तित्व छ भनेर बुझ्न सकिने अभ्ययनको निष्कर्ष छ । सफ्ट खानेकुरा खानेहरुमा भन्दा त्यस्ता व्यक्तिहरुमा शत्रुतापूर्ण व्यवहार बढि हुने पाईएको छ । जर्नल एपेटाइटमा प्रकाशित एक अध्ययनका अनुसार, कालो कफी र उदास वा मनोविज्ञान प्रवृत्तिका प्रेमबारे सम्बन्ध रहेको पाइएको छ । अनुसन्धानले हजार भन्दा बढी वयस्कहरूमा यस्तो सर्वेक्षण गरेको जनाएको छ । उनीहरूको खाना र स्वाद प्राथमिकताहरूबारे अध्ययन गरिएको थियो ।सहभागीहरूले अनौपचारिक व्यक्तित्व परिक्षणका लागि एक एक लिस्ट लिएका थिए । जस्तै उदासवाद, नृत्य र मनोवैज्ञानिक लगायत लक्षणबारे अध्ययन गरिएको थियो ।इन्सब्रुक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले पत्ता लाग्यो की मानिसहरुले मन पराउने स्वादका आधारमा पनि उनीहरुको व्यवहार थाहा पाउन सकिन्छ वा व्यवहार पत्ता लगाउन सकिन्छ ।

अध्ययन पश्चात कडा वा तीता धेरै खानेहरुको व्यवहार हरेक दिन उदास प्रकृतिको हुने पत्ता लागेको छ ।यस्तो अध्ययन कफी पिउने विषयमा गरिएको भएपनि सबै खानेकुराहरुमा लागू हुने अध्ययनको निष्कर्ष छ । मानिसले खाने वा मन पराउने स्वादसँग उसको व्यक्तित्व पनि थाहा हुन्छ भन्ने पत्ता लगाउने यो पहिलो अनुसन्धान भने होइन । मिठो स्वाद मन पराउनेहरु समरुप भावका हुने र उनीहरुले व्यवहार पनि नम्र हुने यसअघिका अध्ययनहरुले पनि देखाएका छन् । त्यस्तै कडा स्वाद मनपराउनेहरु व्यवहारमा पनि कडा खालका हुने अध्ययनहरुको निष्कर्ष छ । कतिपय अध्ययनहरुले कडा स्वाद खाने मानिसहरुबाट दुव्र्यवहार बढाउने पनि बताएका छन् ।कडा खालका ड्रिंक्स् प्रयोग गर्नेहरुको शत्रुतापूर्ण व्यक्तित्व हुने वा त्यस्तो खानेकुराको प्रयोगले मानिसहरुको व्यक्तित्व त्यस्तो बन्ने पाइएको छ । ‘भोजनको अन्त्यमा कडा कालो कफीको अर्डर यदि तपाई गर्नुहुन्छ भने यो तपाईका लागि चेतावनीपूर्ण हुनसक्छ’, खोजकर्ताहरुले भनेका छन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !