११ बैशाख २०८१, मंगलबार

यदि तपाई जीवनसाथी छान्दै हुनुन्छ भने यी गल्ती कहिल्यै नगर्नुहोस् !


happy life

प्रेम अन्धो हुन्छ । सायद यही कारणले हुनसक्छ प्रेम सम्बन्धको शुरुको समयमा सबैलाई आफ्नो प्रेमी वा प्रेमिकाको सबैकुरा राम्रो लाग्छ । तर समय बित्दै जाँदा भने एक अर्काको सबै कुरा थाहा हुन्छ र सम्बन्धमा चिसोपना आउँछ । यही कारण कतिपय प्रेम सम्बन्ध तथा विवाह टुट्ने गरेका पनि छन् । हरेक सम्बन्ध विश्वास र भरोसमा टिकेको हुन्छ । कुनै पनि सम्बन्धमा भरोसा र विश्वास मात्रै होइन एक अर्काेप्रति सम्मान हुन पनि आवश्यक हुन्छ । यो कुराको सम्बन्ध तपाई आफ्नो पार्टनरसँग खुशी हुनुहुन्छ या हुन्न भन्ने कुरासँग हुन्छ । केहि दिनमै प्रेमसम्बन्ध गाँसिन्छ, डेट जाने अनि केहि कुरा मिल्दैन ब्रेकअप हुने हुन्छ । यदी तपाई एकजनासँग मात्रै प्रेममा रहन चाहानुहुन्छ भने पार्टनर छान्दा यस्तो कुरामा ध्यान दिनुपर्दछ ।

  • आफ्नो बारेमा मात्रै सोच्ने

यदी तपाईको प्रेमी वा प्रेमिका तपाईको फाइदाको बारेमा मात्रै सोच्छन् कि तपाईको बारेमा पनि सोच्छन् । यो कुराको ख्याल गर्नुपर्दछ । यदी तपाई यस्ता स्वार्र्थी पार्टनर छान्न पुग्नुभयो भने पछुताउनुपर्ने हुन्छ ।

  • तपाइको कुरा नसुन्ने

यदी तपाइको पार्टनरले तपाइको कुरा सुन्दैन र आफ्नो निर्णय मात्रै तपाईलाई थोपर्न सक्छ भने त्यो सम्बन्ध लामो समय टिक्न सक्दैन । तपाईको राम्रो कुरामा उत्साह थप्ने तथा नराम्रो कुरामा सकारात्मक सल्लाह प्रदान गर्ने मान्छे हो कि होइन विचार गर्नुहोस् ।

  • हरेक चिजमा कमजोरी निकाल्ने

हरेक चिजमा कमजोरी निकाल्ने मान्छेलाई खुशी बनाउन सकिदैन । यसले सम्बन्ध दिगो बनाउन सक्दैन । कमजोरी निकालेर झगडा गर्न खोज्ने मान्छे हो कि होइन र कत्तिको समझदार छ । यो कुरामा विचार पुर्याउँनुहोस् ।

  • तपाईलाई नियन्त्रण गर्न खोज्ने

तपाईको खानपिन, पहिरण, कामको योजनासबैमा तपाईलाई नियन्त्रण गर्न खोज्ने मान्छेसँग तपाई आफ्नो मनले चाहेको सानो काम पनि गर्न सक्नुहुन्छ । यसकारण यो कुरामा विचार पुर्याउँनुहोस् ।

  • तपाईसँग हरेक समस्याको समाधान खोज्ने

तपाईको पार्टनर तपाईसँग हरेक समस्याको समाधान चाहान्छ र यदी उसले चाहेजस्तो समस्याको समाधान तपाईले गर्न सक्नुभएन भने त्यो सम्बन्ध लामो समय टिक्न सक्दैन । यो बच्चाको जस्तो हर्कत हो जसले तपाईलाई व्यर्थमा तनाव मात्रै दिन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !