१३ बैशाख २०८१, बिहिबार

हामीले खाली पेटमा भुलेर पनि नखानुस् यी ५ खानेकुरा, जसले गर्दा ज्यान पनि लिन सक्छ


हामीले खाने खानामा हुने पोषक तत्वले नै हामीलाई बलियो र स्वस्थ बनाउँछन् । तर, ती पोषकतत्वको सन्तुलन मिलेन वा हाम्रो खानपानको शैली मिलेन भने त्यसैबाट जटिल अवस्था पनि निम्तिन सक्छ । शरीरलाई स्वस्थ र स्फूर्त राख्नको निम्ति समय अनुसार खाना खानुपर्छ ।

खाली पेटमा खान नहुने कुराहरु

  • बिहानको समय धेरै मसालेदार वा पीरो खानेकुरा खानुहुँदैन । यसले पूरै दिन पेटमा एसिडिटी बढाइदिन्छ । यो बानीले अल्सर हुने सम्भावना समेत बढेर जान्छ ।
  • बिहान चिसो पे पदार्थ पिउनु हुँदैन । चिसो पे पदार्थले कार्बोनेट एसिड उत्पादन गरिदिन्छ र त्यो एसिड, पेटमा रहेको एसिडसंग मिल्दा स्वास्थ्यमा गम्भीर समस्या पैदा हुन्छ ।
  • चिसो खानेकुरा खाली पेटमा खानु हुँदैन ।
  • बिहानको समयमा अमिलो फलफूल खानु स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पाचन प्रक्रियालाई सुस्त बनाइदिन्छ ।
  • बिहान खाली पेटमा कफी पिउँनु हुँदैन । खाली पेटमा कफी पिउँदा ग्यास्ट्रिकको समस्या बढ्दै जान्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !