१२ बैशाख २०८१, बुधबार

राम्रो भान्सामा दैनिक प्रयोग हुने बेसारका फाइदाहरु


हाम्रो भान्सामा प्रयोग हुने बेसार मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको छ यो विभिन्न रोग तथा चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ । अझ आयुर्वेदमा यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ ।

फाईदाहरु

  • एक अध्ययनले प्रमाणित गरे अनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले रोक्छ ।
  • यसका लागि तीन चम्चा बेसनमा एक चौथाई बेसार र पानी मिसाएर बनाईएको पेष्ट अनुहारमा लगाएर सुक्न दिएपछि मनतातो पानीले हल्का मसाज गर्दै धुनुपर्छ । यसले बढ्दो उमेरको प्रभाव रोक्छ रस सौन्दर्यता पनि बढाउँछ । यस्तै काचो दुध, गोलभेंडाको रस, चामलको पिठो र बेसार मिसाएर पेष्ट बनाएर अनुहारमा लगाएर सुक्न दिनुपर्छ जसबाट छालाको मृत कोषिकालाई मर्मत गर्छ । मही र उखुको रसमा बेसार मिसाएर पिउने गर्नाले आँखाको मुनी हुने कालो घेरा र चाउरी ठीक हुन्छ ।
  • बेसार र दुध दुवैलाई एकसाथ मिसाएर सेवन गर्दा हड्डी स्वस्थ हुनका साथै कैयौं रोगबाट बचाउँछ ।
  • युनिभर्सिटी अफ मेरिल्याण्डमा गरिएको अध्ययनमा शक्तिशाली एन्टिअक्सिडेन्ट तत्व हुने बेसारले क्यान्सर गराउने तत्वबाट लड्न मद्धत गर्छ । यस्तै यसमा पाईने सर्कुमिन तत्वले प्रोस्टेट, छाला र कोलोनलगायतका विभिन्न खाले क्यान्सर हुनबाट समेत रोक्छ ।
  • शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ । फंगल इन्फेक्सनबाट पनि बचाउँछ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !