७ बैशाख २०८१, शुक्रबार

यस्ता हुन्छन् खराब र ढिला सुत्ने मानिसहरु


sleep

के तपाई सामान्य भन्दा धेरै खराब शब्द भाषा प्रयोग गर्नुहुन्छ ? सधैं आफ्नो सामान कोठालाई अव्यवस्थित र फोहोर राख्नुहुन्छ ? राति ढिलो सुत्नुहुन्छ ? यदि उत्तर सकारात्मक छ भने यी सबै तपाईलाई एउटा खराब लत लागेको आभाष हुन्छ होला तर, सत्यता यो होइन । विश्वास गर्नुहोस् या नगर्नुहोस्, तर यस्ता स्वभाव भएका मानिसहरु एकदमै बुद्धिमान र बौद्धिक हुन्छन् । यस्ता बानी नहुने मानिसहरुको तुलनामा यी खराब बानी भएका मानिसहरु एकदमै चतुर र बुद्धिमान हुन्छन् । एक शोधले बौद्धिक मानिसहरुका केही यस्ता अनौठो गुणहरु बताएका छन् जसलाई सामान्यतय विश्वास गर्न निकै असम्भव छ । ती गुणहरुबारे तल व्याख्या गरिएको छ ।

बौद्धिक मानिसहरु धेरै बाचा गर्छन्- दुरवाच्य प्रयोग परिस्थिति र समयले तय गर्छ । बौद्धिक मानिसहरु आफ्नो विचारमा पकड राख्नका लागि खराब शब्द प्रयोग गर्छन् । उनीहरु आफ्नो विचार, भावना, घटनाहरु व्याख्या गर्न दुर्वाच्यको प्रयोग गर्छन् । साथै एउटा अध्ययनले बाचा गर्ने विषय भाषाको सक्षमता र उच्च भाषिक क्षमतासँग सम्बन्धित हुने देखाउँछ ।

बौद्धिक मानिसहरु राति ढिलो सुत्छन्- एक अध्ययनका अनुसार सामान्य ज्ञान क्षमता धेरै हुने मानिसहरु अत्यधिक रातमा सक्रिय हुन्छन् । सटिकरुपमा भन्ने हो भने सामान्य ज्ञान ७५ भन्दा कम हुनेहरु राति साढे ११ को आसपास सुत्ने गर्छन् भने १२३ भन्दा कम सामान्य ज्ञान हुनेहरु रातमा साढे १२ को आसपास ओच्छ्यानमा जान्छन् ।

स्मार्ट मानिसहरु परिस्थिति अनुकूल हुन्छन्- सामान्य मानिसको तुलनामा उच्च बौद्धिक क्षमता भएका मानिसहरु जस्तै परिस्थितिमा पनि अनुकूल रहन सक्छन् ।

स्मार्ट मानिसहरु समस्या समाधान गर्न मन पराउँछन्- यदि तपाई समस्यामा रहेर त्यसलाई समाधान गर्न मन पराउनुहुन्छ भने तपाई उच्च कोटीको बौद्धिक व्यक्ति हुनुहुन्छ भन्ने विश्वास गर्नुहोस् । त्यस्ता मानिसहरु सामान्य समस्याका लागि पनि फरक किसिमका समाधानका उपायहरुको खोजी गर्न मन पराउँछन् ।

बौद्धिक र स्मार्ट मानिसहरु फोहोरी किसिमका हुन्छन्- यदि अर्को पटकबाट कसैले तपाईको जथाभावी फोहोर घरको बारेमा तपाईसँग गुनासो गर्छ भने सम्झनुहोस् त्यो सबै बौद्धिक मानिसहरुको गुण हो । मिनेसोट्टा विश्वविद्यालयका वैज्ञानिक तथा मनोवैज्ञानिक अनुसन्धानकर्ताहरुले फोहोरी वातावरणले नयाँ सोच र बुद्धि जन्माउने बताएका छन् । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस् 

उमेर अनुसार कुन उमेरले कति घण्टा सुत्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !