१२ बैशाख २०८१, बुधबार

स्वस्थ जीवनशैलीका उपायहरु


happy-girl-images

हरेक मानिसहरुलाई स्वस्थ जीवन आवश्यक हुन्छ । स्वास्थ जीवनशैलीले जीवनलाई खुसियाली जीवन यापन गर्नको लागि सहयोग गर्दछ । स्वस्थ जीवनशैलीले फूर्तिलो बनाउँछ । यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न आवश्यक हुन्छ ।

स्वस्थ जीवनशैलीका उपायहरु

  • पानी
    मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्छ । स्वस्थ रहन र अन्य रोगबाट बँच्न पनि एक वयस्क मानिसलाई दैनिक कम्तिमा ५ लिटर पानी चाहिन्छ । पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ ।
  • निन्द्रा
    शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ । एक अध्ययन अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ ।
  • उचित भोजन
    स्वस्थ जीवनशैलीका लागि फलफुल, सागसब्जी, मासु, गेडागुडी नियमति उपभोग गर्नुपर्छ । तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुदैन् ।
  • व्यायाम
    नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ । स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तिमा पनि आधा घन्टा व्यायाम गर्नुपर्छ ।
  • सकारात्मक सम्बन्ध
    कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस नगर्ने भएकाले कारण उनीहरु शारीरिक रुपमा अस्वस्थ हुन्छन् । नकारात्मक सम्बन्धले पेट दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने लगायतका समस्या उत्पन्न हुन्छन् । स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ ।
  • विश्राम
    आफ्नो बहुमुल्य समय खेर नफाली समय–समयमा ब्रेक लिनुपर्छ । शरीरलाई आराम महशुस हुन्छ ।
  • मानसिक स्वास्थ्य
    मानसिक पीडा र चिन्ताले शारीरिक रुपमा समेत असर गर्छ । योगा, ध्यान, रमाइलो पार्ने व्यायामबाट तनाबमुक्त भई खुसी जीवनयापन गर्नु पर्छ ।
  • नियमित स्वास्थ्य परीक्षण गर्ने
    सम्भव भए वर्षमा एकपटक सम्पूर्ण शरीर परीक्षण गर्नपर्छ ।
  • ताजा हावा र सूर्यको घाम
    कामबाट फुर्सद लिएर बाहिरको ताजा मौसमको स्वच्छ हावा लिनुपर्छ । शरीरलाई घाम पनि आवश्यक पर्छ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

स्वस्थ रहने तरिका

स्वस्थ रहनका लागि खाने कुराहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !