७ बैशाख २०८१, शुक्रबार

प्याजले यी स्वास्थ्य समस्यामा घरेलु औषधिको काम गर्छ


Onion Cutting

प्याज तरकारी र सलाद मात्रै हो सोच्ने धेरैको बानी हुन्छ । कतिले यसको बास्ना पछिसम्म रहने र श्वास गन्हाउने भनेर प्याज खान मान्दैनन् । तर, प्याजको उपयोगीता औषधि भन्दा कम छैन । नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, कतिपय रोगका लागि घरेलु औषधिको काम समेत गर्छ ।

  • गर्मिमा लू लाग्नु सामान्य कुरा हो । काँचो प्यााज खाँदा लूबाट जोगिन सकिन्छ । यसको रस पिउँदा अझ फाइदाजनक हुन्छ । यही कारण बुढापाकाहरु गर्मीमा प्याज सँगै लिएर हिँड्छन् र अरुलाई पनि त्यस्तै गर्न सुझाइरहेका हुन्छन् ।
  • कपाल झरेको झ¥यै भइरहेको छ भने यसमा प्याजको रस निकै फाइदाजनक हुन सक्छ । कपालमा प्याजको रस लगाएर केही समय छाड्ने र धुने गर्नालो कपाल झर्ने समस्या घट्नुका साथै चमकदार पनि हुन्छ ।
  • पिसाव रोकिएर हुने समस्या छ भने यसको रस खाँदा समस्या समाधान हुनसक्छ ।
  • प्याजले तापक्रम बढाउँछ । यसकारण चिसो लागेको भएपनि प्याज खानुपर्छ । नाक बन्द हुने वा चिसोले खोकी लाग्ने समस्याको हल प्याज हुन सक्छ ।
  • प्याज अरु ओखती जस्तै हो । यसले धेरै बिराम ठिक गर्ने र शरीरलाई तन्दुरुस्त राख्ने भएकाले यसले उमेर बढाउँछ भन्ने पूरानै मान्यता छ ।
  • स्टोनको समस्या भएकालाई एक हदसम्म प्याजको रस समाधान बन्न सक्छ । बिहानै खाली पेटमा प्याजको रस खाँदा यसका लागि लाभदायी हुने बताइन्छ । तर, निकै समस्या छ भने यसको रसको भर मात्रै पर्नुहुदैन ।

तर कुनै रोगेको औषधि सेवन गरिरहेकाहरुले भने डाक्टरको सल्लाह अनुसार मात्रै प्रयोग गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !