८ बैशाख २०८१, शनिबार

बिहान खाली पेट पानी पिउनुका आश्चर्यजनक फाइदा


water

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो । प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ । खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ ।

  • आन्द्रामा फ्लस

खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ ।

  • शरिरका विकार फालिदिन्छ

तपाई बाथरुम जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ ।

  • भोक बढाउछ

नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने ? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस् तपाईलाई भोक लागिरहन्छ ।

  • टाउको दुख्नबाट बचाउछ

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ ।

  • कोलोन सफा गर्छ

पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरीरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ । तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरीर नै स्वस्थ हुन्छ ।

  • मेटाबोलिजमलाई तीब्र पार्छ

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो । पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ । जसका कारण छोटो समयमा नै तौल घट्छ ।

  • उर्जा बढाउछ

यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस् । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ ।जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरीरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।

  • अनुहारको छालामा चमक ल्याउछ

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

  • रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !