७ बैशाख २०८१, शुक्रबार

जाडो याममा सुत्केरी हुँदा डिप्रेसन हुने खतरा न्युन


pregnancy

सुत्केरी भएपछिको मानसिक तनाव (पोष्टपार्टम डिप्रेसन) हुन नदिन जाडो याममा बच्चा पाउन उचित हुने एक अध्ययनले देखाएको छ । सुत्केरी भएका १० प्रतिशत महिलामा मानसिक तनाव देखिएको अमेरिकि अनुसन्धानकर्ताहरुले बताएका छन् । हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरुमा विकास नहुँदा सुत्केरी महिलामा पोष्टपार्टम डिप्रेसन हुने गरेको अनुसन्धानकर्ताहरुको भनाई छ । जाडो याममा पोष्टपार्टम डिप्रेसनको कारक मानिएको हर्मोन सक्रिय नहुने भएकाले मानसिक तनाव नहुने डाक्टर जोउले बताएका छन् ।

उनको टोलीले २ वर्ष लगाएर २० हजार १ सय ६९ सुत्केरी महिलाहरुको अनुसन्धान गरेर यो तथ्य सार्वजनिक गरेको हो । सुत्केरी हुने क्रममा एनेस्थेसिया प्रक्रिया नपुर्‍याएका महिलाहरुमा मानसिक तनाव झन् बढी हुने अध्ययनको निष्कर्ष छ । ‘एनेस्थेसिया गर्दा महिलाहरुले पीडा निकै कम अनुभव गर्छन, जसले स्वस्थ बच्चा जन्माउन समेत मद्धत गर्छ र उनीहरुमा मानसिक तनाव पनि देखिँदैन,’ अध्ययन प्रस्तुत गर्दै डाक्टर जोउले भने । युरोपियन मुलुका महिलाहरुमा मानसिक तनावको समस्या कम देखिएको अध्ययनले देखाएको छ ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !