१२ बैशाख २०८१, बुधबार

थालासेमिया भएका व्यक्तिले खान हुने र नहुने कुराहरु ?


thalassemia

थालासेमिया रोगमा हुने फलाम तत्वको अधिकता रगत ट्रान्स्फ्युजनको कारणले हुन्छ तर बिरामीले खाएको खानाबाट शरीरले अवशोषण गर्ने फलाम तत्व पनि महत्वपूर्ण छ । खानाबाट हाम्रो शरीरमा सानो मात्रामा फलाम तत्व अवशोषित हुन्छ । यदि रगतमा हेमोग्लोबिनको तह कम छ भने अवशोषित हुन्छ । यदि रगतमा हेमोग्लोबिन तह कम छ भने अवशोषित फलाम तत्वको मात्रा उच्च हुन्छ।

थालासेमिया मेजर र थालासेमिया इन्टरमेडिया भएका मियमित रगत ट्रान्स्फ्युजन नगरिरहेका रोगीहरुले उनीहरुको भोजनलाई समायोजन गर्नुपर्छ ताकि उनीहरुको खानामा पाइने जम्मा फलाम तत्व पनि कम नहोस् । यो खाएपछि शरीरमा फलाम तत्वहरु अधिक पनि नहोस् भोजनमा जम्मा २ खालका फलाम तत्व पाइन्छन् । एउटा रातो मासुमा हुने (मिट आइरन) र अर्को मासुदेखि बाहेक अन्य भोजनमा पाइने फलाम ततव (नन मिट आइरन) ।

मासुमा पाइने फलाम तत्व (मिट आइरन )

कुखुराको गाढा रातो मासु, भेंडा, गाइगोरु र सुँगुरको रातो मासु र समुन्द्रमा पाइने सार्डिन, कमल्जसिपी किराहरु आदीको मासुमा फलाम तत्व प्रशस्त पाइन्छ । कलेजो मासुमा पाइने फलाम तत्व मध्येको सबैभन्दा राम्रो स्रोत हो । यी खानेकुराहरुलाई घटाएर प्रोटिनलाई भटमासबाट पाइने प्रोटिनले प्रतिस्थापना गर्न पनि सिकिन्छ तर खानाबाट कुखुराको मासु, अरु मासु र माछा हटाइहाल्नु त्यति बुद्धिमानी होइन किनभने यी खानेकुराहरुले आवश्यक अत्यन्त महत्पूर्ण पोषण तत्वहरु आपूर्ति गर्छन् । विशेष गरेर बच्चाहरुका निम्ति । कुखुराको रातो मासुभन्दा सेतो मासु खानु राम्रो हुन्छ किनभने यसमा फलाम तत्व कम हुन्छ ।

खानासँग रातो मासु खाइयो भने लगभग ३५ प्रतिशत फलाम तत्व हाम्रो शरीरमा अवशोषित हुन्छ । दुध र दुधबाट बनेका परिकारहरु खानामा खाइयो भने यसरी अवशोषित हुने फलाम तत्वको मात्रा १० देखी ४० प्रतिशतसम्म हुन्छ । दूध, दही, चीज र क्रिममा पाइने क्याल्सियमले मासुबाट पाइने फलाम ततवको अवशोषलाई घटाउन मद्दत गर्छ ।

मासु भएको खानेकुरा खाादाको समयमा एक ग्लास दुध पिउनु अथवा पकाउँदा नै दुधको प्रयोग गर्न सकिन्छ । सेतो चीज जस्तो सशमा पास्ताको ठूलो टुक्रा या क्यानेलोनी साग धेरै चीजहरुलाई स्पाघेटी बोलोग्नाइज मिसाएर दूध या दही प्रयोग गदै रस बनाउनु राम्रो विकल्प हुन्छ ।

एकदिनमा एक दूध पिउनु राम्रो हुन्छ । विशेष गरी यसले ओस्टिओपोरोसिस हुनबाट रोक्न मद्दत गर्छ । यदि तपाईं आफ्नो वजनबारे चिन्तित हुनुहुन्छ भने आधा छाली फ्याँकिएको वा छाली पुरै फालिएको दूध पिउनु छाली नफालिएको पूर्ण दूध पिउनु जत्तिकै फाइदाजनक हुन्छ ।

मासुदेखि बाहेक अरु खानेकुरामा पाइने फलाम तत्व (नन मिट आइरन )

मासुदेखि बाहेकका अरु खानेकुरामा पाइने फलाम ततव जस्तै अण्डा, चकलेट,अ न्न सागसब्जी, फलफूल, तरुल, सिमी र दालमा प्रशस्त मात्रामा पाइन्छ । यूकेमा बिहानको खाजासँग खाइने अन्नहरु गहुँको सेतो पिठोमा र रोटीमा धेरै फलाम तत्व संरक्षण गरिएको हुन्छ तर यो अवस्था अरु धेरै देशहरुमा नहुन सक्छ।

हाम्रो शरीरले अवशोषण गर्ने फलाम तत्व मध्ये मासुदेखि वाहेक अन्य खानेकुरामा पाइने फलाम तत्वको मात्रा कम हुन्छ । तर यो अवस्थामा कस्ता कस्ता खानेकुराहरु मिलाएर खाइएको छ त्यसको आधारमा २० गुणले फरक पर्न सक्छ । फलाम तत्वको शरीरमा हुने अवशेषलाई घटाउने खानेकुराहरु अन्न, दूध र दूधजन्य परिकारहरु हुन् भने शरीरमा फलाम तत्वको अवशोषणलाई बढाएर मद्दत गर्ने खानेकुराहरुमा भिटामिन सि पाइने सागपात र फलफुलहरु माछा, मासु, खपटे माछा, कुखुराको परिकार अचार स्ट्राउट भटमासको सस, मुख्य हुन् ।

मासुदेखि अन्य खानेकुराहरुमा पाइने फलाम तत्व खानबाट बच्न एकम गाह्रो छ किनकि यो प्रायः जसोसबै खानेकुरामा पाइन्छ । तर, फलाम तत्वको अवशोषण शरीरमा बढाउने खानेकुराहरु घटाई यसको अवशोषण बढाउने खानेकुराहरुलाई भोजनमा बढाएर यो समस्याबाट बच्न सकिन्छ । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !