८ बैशाख २०८१, शनिबार

यस्ता छन् स्मरण शक्तिमा सुधार ल्याउने उपाय


smaran

कहिलेकाहीँ हामी कोठाको साँचो धुइँधुइँती खोज्छौं । हातैमा भएको कलम कहाँ राखेँ होला भनेर धेरै बेर सोचिरहन्छौं । यी उदाहरण हाम्रो स्मरण क्षमतामा ह्रास आएको संकेत हो । विभिन्न कारणले स्मरण क्षमतामा कमी आउँछ । यस्ता सानातिना विस्मृति उमेर अनुसार बढ्दै जान्छ । बढ्दो उमेरका कारण नयाँ कुरा सिक्ने क्षमतासँगै सम्झन सक्ने क्षमता पनि घट्न थाल्छ । तर, स्मरण शक्तिमा आउने ह्रासलाई हामीले आफ्नो भोजन र जीवनशैलीमा सामान्य परिवर्तन गरेर न्यून गर्न सक्छौं ।

सन् २०१४ जुनमा जर्नल अफ मेडिसिनमा प्रकाशित एउटा अध्ययनले स्वस्थकर, पोषक तत्वयुक्त भोजन गर्ने महिलाको एकाग्रता र स्मरण क्षमता न्यून पोषणयुक्त भोजन गर्ने महिलाको तुलनामा बढी हुने पत्ता लागेको उल्लेख गरेको थियो । भोजनमा पनि खासगरी ‘मेडिटेरानियन डाइट’ (फलफूल, सागसब्जी, नट्स, माछा, ओलिभ ओयल र होल ग्रेन) ले स्मरणशक्ति जोगाउने र अल्जाइमर्स तथा डिमेन्सियाबाट बचाउने देखिएको छ ।

स्मरण शक्ति तिखार्ने अर्को उपयुक्त उपाय हो, नियमित एरोबिक गर्नु । एरोबिक गर्दा हामी पसिनाले निथ्रुक्क हुन्छौं र मुटुले धेरै पम्प गर्नुपर्छ । व्यायामले हाम्रो मस्तिष्कको स्मरण शक्ति र सिकाइको भाग ‘हिप्पोक्याम्पस’को आकार वृद्धि गराउने एउटा अध्ययनले देखाएको छ । अध्ययनको विस्तृत विवरण ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित छ।

सन्तुलित भोजन र पर्याप्त व्यायामसँगै स्मरण शक्ति बढाउने केही उपाय यस्ता छन् ।

व्यवस्थित हुने
हामीले ससाना कुरा सम्झिन नसक्नुको कारण ससाना वस्तु व्यवस्थित रुपमा नराख्नाले पनि हुन्छ । त्यसैले यस्ता कुरा सम्झन र समय खेर जान नदिन व्यक्तिगत सामान, महत्वपूर्ण कागजपत्र, आफ्ना नियमित प्रयोगका सामान भेटिनेगरी राख्नुपर्छ । यसका लागि चश्मा, साँचोको झुत्ता, पर्स, डायरी र कलम लगायत नियमित आवश्यक सामान सधैं एकै ठाउँमा वा एउटै टेबलमा राख्ने गर्नुपर्छ।

त्यसैगरी, महत्वपूर्ण भेटघाट र गर्नुपर्ने कामको सूची बनाउने । यसका लागि स्मार्टफोनको सहायता लिन सकिन्छ वा पेपर अर्गनाइजर, क्यालेन्डर वा डायरीको सहायता लिन सकिन्छ।

सम्पर्क गर्नुपर्ने व्यक्ति, साथीभाइ, डाक्टर, बैंक, मेकानिक लगायतको फोन नम्बर, ठेगाना, इमेल पनि यसैगरी राख्नुपर्छ ।

उच्चारण गरेर पढ्ने
नाम, नम्बर वा शब्द दोहो¥याउँदा र आवाज निकालेर पढ्दा सजिलै सम्झनामा रहन्छ । जस्तो कि, कसैसँग पहिलोपल्ट भेट्दा ‘तपाईंसँग भेट्दा खुसी लाग्यो, दिनेश’ भन्दा उक्त व्यक्तिको नाम दिनेश हो भनेर याद रहन्छ । त्यस्तै, कसैले कुनै सूचना, जानकारी बताएपछि त्यसलाई दोहो¥याउँदा छिटो सम्झना हुन्छ । साँचो वा कुनै सामान राख्दा सबैले सुन्ने गरी ‘मैले यो टेबलमा साँचो÷ल्यापटप÷फोन राखेको छु’ भन्यो भने आफूले बिर्से पनि अरुले सम्झाइदिन्छन् । कुनै महत्वपूर्ण भेटघाटमा भएका कुराकानी खाजा खाँदा वा घर फर्कंदा दोहो¥याएमा छिटो बिर्सिइँदैन ।

अर्को वस्तुसँग जोडेर सम्झिने
कुनै नौलो शब्द वा जानकारी सम्झनामा राख्नुपरे त्यसलाई कुनै अर्को कुरा (कुनै चित्र वा वस्तु) सँग जोडेर याद गर्ने । चित्र वा वस्तुले अर्कोपल्ट त्यो जानकारी वा शब्द सम्झन सजिलो हुन्छ ।

सामानहरू यथास्थान राख्ने
कार्यालयमा टिपेका नोट वा अर्गनाइजरलाई टेबलमा नै राख्ने, अन्यत्र नराख्ने । यसैगरी घरमा प्रयोग गरिने सामानलाई घरको निश्चित ठाउँमा राख्ने । नियमित खानुपर्ने औषधिबारे बाथरुमको ऐनामा एउटा नोट टाँस्यो भने सजिलै सम्झन सकिन्छ । अथवा मोबाइलमा अलार्म वा नोटिफिकेसन राख्न सकिन्छ ।

कार्य विभाजन गर्ने
कुनै काम सक्न धेरै चरण लाग्छ भने त्यसका सबै चरणलाई विभाजन गर्ने । यसो गर्दा जटिल काम भए पनि पूरा गर्न सजिलो हुन्छ । त्यसैगरी ठूलो डाटा वा जानकारी पनि एकैपल्ट याद गर्न कठिन हुने भएकाले त्यसलाई टुक्र्ययाएर सानो पारेर याद गरे सम्झन कठिन हुँदैन ।

त्यसैगरी, सामाजिक अन्तक्र्रियाले पनि स्मरण शक्ति कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । विभिन्न अध्ययनले सामाजिक अन्तक्र्रिया (साथीभाइ, आफन्तसँग भेटघाट) बाट मानसिक उत्प्रेरणा मिल्ने र स्मरण शक्तिमा ह्रास नआउने देखाएका छन् ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !