७ बैशाख २०८१, शुक्रबार

वायुप्रदूषणले फोक्सोमा कसरी असर गर्छ ?


dhuloo

सामान्यतः प्रदूषणका कारण श्वासप्रश्वासको समस्या निम्तने ठानिन्छ । तर फोक्सो, मुटु, मिर्गौला र मानसिक स्वास्थ्यमा पनि प्रदूषणले असर पार्छ । त्यसमध्येमा पनि सबैभन्दा बढी असर फोक्सोमै पर्छ । हामीले श्वास फेर्दा हावामा भएको हानिकारक तत्व फोक्सोसम्म पुग्छ र त्यसले गम्भीर समस्या निम्त्याउँछ ।

प्रदूषणले फोक्सोमा पर्ने असरहरु:
प्रदूषणले फोक्सोमा कति प्रभाव पर्छ भन्ने कुरा वरीपरीको हावामा कति रासायनिक पदार्थ मिसिएको छ भन्नेमा निर्भर गर्छ । श्वासप्रश्वासका बिरामीलाई त प्रदूषणसबैभन्दा बढी खतरनाक हुन्छ । लामो समयसम्म प्रदूषणयुक्त वातावरण, जस्तै सडक तथा उद्योग वरपर बस्नेलाई फोक्सोको समस्या हुने डर हुन्छ ।

लामो समयसम्म प्रदूषणमा रहनेहरुलाई फोक्सोको संक्रमण, क्यान्सरजस्ता श्वासप्रश्वाससम्बन्धी कयौं खालका रोग लाग्ने खतरा हुन्छ । गाडीबाट निस्कने धुँवाबाट दम पनि हुनसक्छ । प्रदूषणको सम्पर्कबाट ब्रोङकाइटिस, एम्फीसीमा र दम रोगीहरुको स्थिति झन् बिग्रन सक्छ ।

प्रदूषण र मुटुका बिरामी
वायु प्रदूषणबाट फोक्सोका साथै मुटुमा पनि प्रभाव पर्छ । प्रदूषित वातावरणमा लामो समय बिताउनेहरुको मुटु कमजोर हुन्छ । एक अध्ययनअनुसार हावामा पाइने सुक्ष्म कणले मुटुको कार्यप्रणालीमा नकारात्मक असर पर्छ, जसका कारण इलेक्ट्रोनिक संकेत दिने क्षमता प्रभावित हुन्छ । सडकमा बढ्ने ट्राफिक र वायु प्रदूषणबाट हृदयाघातको खतरा पनि बढ्छ ।

घरमा हुने प्रदूषण बढी खतरनाक
घरमा हुने वायु प्रदूषण पनि खतरनाक हुन्छ । एक अध्ययनअनुसार खाना पकाउने, चिसो मौसममा कोठा तातो राख्न प्रयोग हुने इन्धन फोक्सोका लागि बढी खतरनाक हुन्छ । यसबाट फोक्सोको प्रतिरक्षण क्षमता कमजोर हुन्छ ।

धूमपानबाट पनि फोक्सोलाई सबैभन्दा बढी हानी पुग्छ । बढी धूमपान गर्नेलाई फोक्सोको क्यान्सर र श्वासप्रश्वासजन्य समस्याको खतरा बढी हुन्छ । बढीजसो गर्मी महिनामा केही स्थानमा ओजोन र अन्य खालको प्रदूषक स्वास्थ्यका लागि हानिकारक हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !