१२ बैशाख २०८१, बुधबार

पुरुषका यस्ता गुणसँग आकर्षित हुन्छन् युवती


couple

प्राय हामी महिलाको सुन्दरताको मात्र कुरा गर्छौ । पुरुषहरुको पनि धेरै कुरा हुन्छन तर कुरा थोरै मात्र गरिन्छ । प्राय सुन्दर तथा गुणवती युवती पुरुषको रोजाईमा पर्छन भने महिलाको पनि पहिलो रोजाई आकर्षक युवा नै हुन्छन । महिलाहरु पनि आफ्नो प्रेमीमा केही गुण अवश्य खोज्छन । आफ्नो प्रेमीकाले तपाईमा कस्तो कुराको अपेक्षा राख्छिन । जुन निम्न छन् ।

सुपरम्यान जस्तो होस्
महिलालाई आफू सुरक्षित हुन मन पर्छ । पुरुषले महिलालाई हरेक समस्याबाट बचाउन सक्ने कुरा प्रमाणित गर्नुपर्छ । जब उनी कुनै समस्यामा हुन्छिन्, उनलाई सहयोग गर्नुपर्छ । महिलाहरू सधैं त्यो पुरुषलाई सम्मान गर्छन्, जो कठिन समयमा डटेर उनको साथमा हुन्छ । जस्तोसुकै अवस्थामा पनि दृढताका साथ सामना गर्नुपर्छ । सुगन्ध डियोडोरेन्टको विज्ञापनमा सुगन्धबाट महिलाहरू पुरुषप्रति आकर्षित भएको देखाइन्छ । तर यसलाई पूरै नकार्न पनि सकिँदैन । आफू सुहाउँदै डियोडोरेन्ट चयन गर्नुपर्छ । पहिलो डेटमा हो भने डियोडोरेन्ट चयन गर्दा विशेष ध्यान दिनुपर्छ ।

सरप्राइज
महिलालाई सरप्राइज एकदम मन पर्छ । चकलेट होस् कि लभ नोट्स या त कुनै उपहार वा फूलको गुच्छा जेसुकै होस सरप्राइज दिनुपर्छ । महिलालाई हर समय यो मन पर्छ ।

इमानदारीता
इमानदारी अहिलेको समयमा पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो । दीर्घकालीन सम्बन्धको बारेमा सोच्दै हुनुहुन्छ भने महिला साथीसँग कहिल्यै झूट नबोल्नुस् । सुरुवातमा केही समस्या भए पनि अन्तिममा तपाईं आफ्नी प्रेमिकाको भरोसा जित्न सफल हुनुहुनेछ । आफ्नो जे हो वास्ताविकता त्यही भन्नुस । धाक लगाउने कुरा गर्दै नगर्नुस । महिलालाई धाक लगाउने पुरुष अलिकति पनि मन पर्दैन । तपाईले बढाई चढाई ‘स्वाङ’ पारेर बोल्नु भयो भने पनि उनले भित्र भित्र तपाईलाई अस्वीकार गर्नेछिन । त्यसकारण यस्ता कुरामा सचेत बन्नुहोस ।

शारीरिक रूपमा फिट
सेलिब्रेटीको सिक्स र एट प्याकको त जसलाई पनि मन पर्छ । महिला कसिलो शरीर भएको पुरुष मन पराउँछन् । नियमित शारीरिक व्यायाम गर्ने बानी बसाल्नुस् । अनि जित्न सकिन्छ प्रेमिकाको मन ।

राम्रो पहिरन
पहिरनको बारेमा राम्रो जानकारी छैन भने कुनै केटी पट्याउने कुरा बिर्सिए हुन्छ । आफ्नो स्टाइलमा ध्यान दिनुपर्छ । कस्तो ठाउँमा कस्तो पहिरन गर्ने भन्ने कुरा सिक्नुपर्छ । स्टाइलिस्ट व्यक्तिको सहयोगबाट यी कुरा जान्न सकिन्छ । ‘क्लथ मेक द म्यान’ भन्ने त भनाइ नै छ ।

कपाललाई नयाँ रूप दिने
कुनै राम्रो हेयरस्टाइलले तपाईंलाई पक्कै पनि नयाँ लुक दिन्छ । नयाँ हेयरस्टाइल बनाउन पर्खिरहनुपर्ने समय छैन । तुरुन्त हेयरस्टाइल चेन्ज गर्नुस् र प्रेमिकाको मन जितिहाल्नुस् ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !