७ बैशाख २०८१, शुक्रबार

कुन समयमा खाना खाँदा, हाम्रो शरीरको लागि फाइदा हुन्छ ?


ricevv

खाना हाम्रो शरीरको लागि महत्वपुर्ण वस्तु हो । जसले हामीलाई विभिन्न कार्य गर्नको लागि शक्ति प्रधान गर्दछ । हामीलाई स्वस्थ रहनको लागि र यो धर्तीमा जीउनको लागि साथ यहि खानाले दिइरहेको हुन्छ । तर हामीलाई यो कुरा थाहा हुँदैन, कुन समयमा कुन खाना खाने भन्ने उचित जानकारी छैन । हाम्रो मान्यता यो छ, जब भोक लाग्छ तब खानुपर्छ । कतिले चाहिं समय तालिका अनुसार खाइरहेका हुन्छन् । भोक लागे पनि, वा नलागे पनि । कुन तरिका सही हो त ? कुरा सामान्य छ, हामी बाँच्नका लागि खान्छौं । स्वस्थ हुनका लागि खाना खान्छौं । अर्थात खानाले हामीलाई स्वस्थ जीवन बाच्न सहयोग गर्छ । तर, कस्तो खानाले ? कतिबेला खाँदा ? कसरी खाँदा ?

सुन्दा सामान्य लाग्छ, तर खाना मात्र भएर पुग्दैन । खाने तरिका पनि जान्नुपर्छ । विधीपूर्वक सेवन गरिएको खानेकुराले शरीरमा यथेष्ठ पोषण दिन्छ ।

भोक लागेपछि खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ

जब भोक लाग्छ, दिमागले राम्ररी काम गर्न सक्दैन । त्यसैले भोक लागेपछि खानु राम्रो हुन्छ किनकी यसबाट शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

भोक लाग्दा सन्तुलित भोजन लिइयो भने त्यसमा रहेको भिटामिन, मिनरल्स, फाइबर र फ्याट सजिलै शरीरमा अवशोषित हुन्छन् र उर्जा प्राप्त हुन्छ ।

भोक लागेपछि मात्र खाँदाका बेफाइदा

१.सही पोषकतत्व प्राप्त गर्न सकिन्न

जब भोक लाग्छ, त्यतिबेला यो सोचिदैन कि के खानु सही र के खानु गलत हुन्छ । जे भेट्यो त्यही खाने गरिन्छ । यसले गर्दा कहिलेकाहीँ अस्वस्थकर कुराहरु पनि पेटमा पर्छ । र, सही पौष्टिक तत्व प्राप्त हुँदैन ।

२. आवश्यकताभन्दा बढि खाइन्छ

धेरै भोक लागेको बेला दायाँबायाँ नहेरी अघाउन्जेल खाने गरिन्छ । यसरी खाँदा कहिलेकाहीँ आवश्यकताभन्दा बढि खाइन्छ । यो बानीले स्वास्थ्यमा धेरै समस्याहरु निम्त्याउन सक्छ ।

समयमा खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

नियमित समयमा सही चीज खाँदा आवश्यकताभन्दा बढि खाइदैन, जसले गर्दा पाचन तन्त्रमा धेरै दवाव पर्दैन र स्वस्थ रहन सकिन्छ ।

२. एसिडिटी र थकान हुँदैन

नियमित एउटै समयमा खाने गरिएको छैन भने पेटसँग जोडिएका धेरै समस्याहरु उत्पन्न हुन सक्ने सम्भावना बढ्छ । त्यसैले समयमा खाँदा थकान र पेटको समस्या हुँदैन । जसले गर्दा शरीरमा उर्जा प्राप्त हुन्छ ।

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

आफ्नो समयमा खानुहुन्छ भने शरीरुलाई खानामा रहेका पोषकतत्वहरु सही ढंगले अवशोषण गर्ने समय प्राप्त हुन्छ । यसले गर्दा शरीर स्वस्थ रहन्छ ।-आदर्शकुरा डट कमको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !