७ बैशाख २०८१, शुक्रबार

प्रतिरक्षा प्रणाली सबल बनाउन पालना गर्नुपर्ने नियमहरु


प्रतिरक्षा प्रणाली

आफ्नो स्वास्थ्यप्रति ध्यान दिनुभएको छ, खानपानमा ध्यान दिनुभएको छ, हल्का व्यायाम गर्नु हुन्छ, बजारका खाना खानु भएको छैन, लागुपदार्थ सेवन गर्नु भएको छैन, आयुर्वेद जडिबुटी प्रयोग गर्नु हुन्छ भने तपाइको प्रतिरक्षा प्रणाली प्रकृतिले स्वत: बलियो बनाउदछ ।

तर तपाईले यसो नगरी लापरबाही गर्नु हुन्छ, मानसिक चिन्ता बढि गर्नु हुन्छ,आवश्यकता भन्दा बढी शारिरिक व्यायाम गर्नुहुन्छ, पौष्टिक खाना खानु भएको छैन भने, अत्यधिक एलोपेथिक औषधि सेवन गर्नु भएको छ भने हजुरको प्रतिरक्षा प्रणाली कमजोर हुदैछ भनेर बुझ्न सक्नु हुन्छ ।

प्रकृतिले हाम्रो शरिरलाई चाहिने आवश्यक पौष्टिक पदार्थ बनाइ दिएको छ । तर हामीले कृतिम खाना खान्छौं भने रोगसंग लड्ने क्षमता क्रमश: कमजोर हुदैछ भनेर बुझ्न आवश्यक छ । प्रतिरक्षा प्रणाली सबल बनाउन सवै भन्दा महत्वपूर्ण भुमिका निभाउन खानपिनमा विशेष ध्यान दिनुपर्छ ।

आज बजारमा पाइने जति पनि तरकारीहरू हामीले खाने हरेक बस्तुमा विषादी मिसाइएको छ । यस्ता खाना हामीले दैनिक प्रयोग गरिरहेकाछौ भने हामीले शरिर कमजोर बनाउदैछौं भनेर बुझ्न आवश्यक छ ।

मानसिक चिन्तनले हामीलाई विस्तारै विस्तारै शरिर कमजोर बनायको हुन्छ । मानसिक चिन्तन गर्ने बानी त्याग्नुस् र खानपिनमा विशेष ध्यान दिनुपर्छ र मात्र हाम्रो प्रतिरक्षा प्रणाली सुधार हुदै जानेछ । सेक्स कमजोर भएर यदि चिन्तित हुनुहुन्छ भने दैनिक खजूर सेवन गर्नुहोस् यसले सेक्स पावर बढाउन मद्दत गर्नेछ । हजुरको शरिरमा ताकत दिनेछ ।

खजूर खानाले सेक्स पावर बढाउन सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन प्रशस्त पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । खजूरमा भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी प्रशस्त पाइन्छ । खजूरमा पोटासियम पनि भरपूर पाइन्छ । दैनिक खजूर खानाले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन धेरै मद्दत पुर्‍याउनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !