आफ्नो मायालुसँग छुट्टिदाको पिडा सजिलै भुल्ने तरीकाहरु Nepalpatra आफ्नो मायालुसँग छुट्टिदाको पिडा सजिलै भुल्ने तरीकाहरु
२१ फाल्गुन २०७७, शुक्रबार

आफ्नो मायालुसँग छुट्टिदाको पिडा सजिलै भुल्ने तरीकाहरु


मायालुसँग छुट्टिदाको पिडा

मानिसहरुलाई आफ्नो मायालुसँग छुट्टिदा असह्रय पिडा हुन्छ । असह्रय पिडा कम गर्न मानिसहरुले चाहेपनि छुटकारा पाउन सकेका हुँदैनन् । विस्तारै विस्तारै डिप्रेशनमा जान्छन् । डिप्रेशनको औषधि खान सुरु गर्छन् ।

ब्रेकअपको दुखाई कम गर्ने औषधि यो दुनियामा नै छैन् । ब्रेकअपलाई लिएर एक शोत्रकर्ताले एक निष्र्कष निकालेका छन्, जसबाट ब्रेकअपको पिडा सजिलै छुटकारा पाउन सकिन्छ । शोधकर्ताले गरेको सहभागीबीच प्रश्न उत्तरमा राम्रा तथा प्रभावकारी उपायहरु निस्किएका थिए ।

निस्किएका उपाय मध्ये आफ्नो प्रेमीको बारेमा जति सक्दो नराम्रो सोच्नुपर्छ ।

उनका नराम्रो आदतको बारेमा धेरै भन्दा धेरै सोच्ने र आफ्नो मनबाट उसलाई विस्तारै हटाइदिने ।

म्युजिक सुन्ने, घरको काममा व्यस्त हुने ।

जतिसक्दो काममा व्यस्त हुने यसरी प्रेमीको बारेमा नराम्रो सोच्दा छिटो भन्दा छिटो बिर्सन सकिन्छ र आफुलाई डिप्रेशन हुनबाट रोक्न सकिन्छ ।

बिना कुनै डाक्टर, बिना कुनै औषधि घरमा बसेर ब्रेकअपको पिडा कम गरी सजिलै मुक्ती पाइन्छ । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !