८ बैशाख २०८१, शनिबार

विस्तारामा पिसाब फेर्ने समस्या देखिएमा यसो गर्नुस


विस्तारामा पिसाब फेर्ने समस्या देखिएमा यसो गर्नुस

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको आत्मविश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोबैज्ञानिक असर पनि पर्न सक्छ ।

बच्चा बच्चीमा पिसाबको संक्रमण विभिन्न कारणले हुन सक्छ । सामान्यतया बालिकाको तुलनामा बालकलाई पिसाबको संक्रमण कम हुन्छ । तर, बालकमा पिसाबको संक्रमण देखियो भने त्यसले मिर्गौलामा समस्या निम्त्याएको हुन सक्छ।

बाल बालिकाकहरुलाई मिर्गौलाको बनावटमा फरक, पिसाब थैली, पिसाब नलीमा समस्या, पिसाब फेर्ने बाटोका छाला पूरा नफर्किंदा, कब्जियत तथा लामो समयसम्म पिसाब रोक्ने बानीका कारण संक्रमण देखिन्छ । यस्ता समस्या देखिए तुरुन्तै उपचारमा जानुपर्छ ।

यस्ता समस्याले पिडित हुनुहुन्छ भने चिन्ता नलिनुहोस् । हामीले लामो समयदेखि वैकल्पिक चिकित्सामा आधारित होम्योपैथीकबाट यसको उपचार गर्दै आएका छौं । यो उपचार सेवा धेरै ले उठाउदै आउनु भएको छ । यस्ता समस्या देखिएमा सम्पर्क गर्न सक्नु हुनेछ ।

बच्चाले सपनामा बाहिर पिसाब फेरेको देख्छ तर उसले बाहिर नभई बिस्तारामै फेरेको हुन्छ । यस्तो समस्या नआउन दिन बच्चालाई रातीमा उठाएर भएपनि पिसाब गराउने बानी बसाल्न सकेमा त्यो बहम आफै हराएर जान पनि सक्छ ।

कतिपय अवस्थामा बच्चालाई राम्रो संग सम्झाउन सकेपनि यो समस्या आफै हल हुने गरेका घटना छन् । एकपटक १२ बर्षको बच्चिले विस्तारामा पिसाब गर्ने बानी रहेछ हामीले उसलाई नानु तिम्ले अब देखि बिस्तारामा पिसाब नफेर है यदि फेरेको खण्डमा हामीले सिलाई दिन्छौं भने पछि औषधि नदिकन यो समस्या हल भएको थियो ।

Bed-Wetting (also called Nocturnal Enuresis) is when the bladder empties while a child is asleep. This can happen every so often, or every night.

Bed-wetting is common. About one in every one ,two children in Nepal wets the bed. Bed-wetting can run in families and is more common in boys than girls before the age of nine years. It can be upsetting for the child and stressful for the whole family. The good news is that you can get help.

आउनुस औषधि के खुवाउने भन्नेबारे जानकारी प्राप्त गरौं ।

१. पिसाब थैलीमा इन्फेक्सन भएर बिस्तारामा पिसाब फेर्ने भएमा वेलोडोना र सपना देख्नासाथ पिसाब फेर्ने समस्या देखिएमा क्रियोजोट रोक्न चाहदा चाहदै पिसाब हुने गर्छ भने कास्टिकम र अन्य अवस्थामा सीपिया, सल्फर र साइलेशिया दिनुपर्छ ।

नोट : औषधि सेवन गराउदा होम्योपैथीक डाक्टरको निगरानीमा परामर्श लिएर औषधि सेवन गराउन सक्नुहुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !