४ बैशाख २०८१, मंगलबार

लामो आयु बाँच्न के के गर्ने ?


लामो आयु

लामो आयु बाँच्न के के गर्ने ? यो प्रश्न हरेकको दिमागमा आउन सक्छ । जीवनभर निरोगी रहेर बाँच्नु सवैभन्दा ठूलो उपहार हो तर यस्तो त्यति वेला साकार हुनेछ जुनवेला हामीले प्रकृतिको नियमलाई आत्मासाथ गर्नेछौं । प्रकृतिलाई नमानेर जब हामी अप्राकृतिक ढंगबाट बाच्न थाल्नेछौं त्यतिबेला हामी रोगको दल-दलमा प्रवेश गर्न थाल्नेछौं । हुन त जन्मपछि मृत्यु निश्चित छ । जन्मदै हामीले मृत्यु पनि लिएर आएका हुन्छौं । अतः कति अवधि बाँच्ने भन्ने कुरा पनि जन्मदै तय हुन्छ । तर, विभिन्न कारणले हामी पूर्ण आयु बाँच्न पाइरहेका छैनौं । जति अवधि बाँचेका छौं, त्यो पनि रोग र शोकमा बाँचिरहेका छौं ।

सकेसम्म हामी लामो आयु नै बाँच्न खोज्छौं र बाँचुञ्जेल निरोगी रहन चाहन्छौं । तर, कसरी निरोगी जीवन बाँच्ने ? कसरी लामो आयु बाँच्ने ? यसमा धेरै हदसम्म हामी आफै जिम्मेवार छौं । हामीले स्वस्थ्य, सन्तुलित र अनुशासित दिनचर्या अपनाएर लामो आयु पाउन सक्छौं । जीवनभर निरोगी रहन सक्छौं । यसका लागि हामीले त्याग गर्न आवश्यक हुन सक्छ । प्रकृतिले दिएको नियमको पालना गर्नुपर्ने हुन सक्छ । दैनिक जीवनयापनमा परिवर्तन गर्नुपर्ने हुन सक्छ । कृतिम वस्तुको प्रयोगबाट टाढा बस्नुपर्ने हुन सक्छ । जबसम्म हामीले यसो गर्न सक्दैनौं तबसम्म चाहेर पनि हामीले लामो आयुसम्म बाँच्न सक्ने छैनौं । लामो आयु बाँच्न चाहना भए यसो गरौं ।

१. साना-तिना रोगको उपचार प्राकृतिक जडिबुटीबाट गर्ने बानी बसाल्नुहोस्

प्रकृतिले दिएका जडिबुटीको प्रयोग गर्नाले रोग जडैबाट समाप्त हुने हुनाले यस्ता बस्तुप्रति बढी ध्यान दिने काम गरौं ।

२. प्रात: उठ्ने वित्तिकै हल्का व्यायम गर्नुहोस्

एउटा खुट्टाको भरमा उभिने अभ्यास गर्न थाल्नुहोस् । विहान पालैपालो एक खुट्टामा एकैछिन उभिनाले तपाईको शरीरलाई सन्तुलनमा राख्ने मात्रै नभई तपाईको मेरुदण्डलाई सहयोग गर्ने ढाड, पेट र पेल्भिक मांसपेशीलाई बलियो बनाउँछ ।

३. हर्वल चिया पिउने बानी बसालनुहोस्

चियामा पोलिफेनियोस नामको एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईलाई मुटु रोग, क्यान्सर र चाँडै नै बुढ्यौली लाग्ने समस्याबाट लड्न मद्धत गर्छ ।

४. हप्तामा दुईपटक सेक्स गर्नुहोस्

एक अध्ययन अनुसार हप्तामा दुईपटक भन्दा धेरै सेक्स गर्ने मानिस भन्दा महिनामा एकपटक भन्दा कम सेक्स गर्ने मानिसको छिटो मृत्यु हुने जोखिम बढी हुन्छ ।

५. दैनिक तीन ओखर खानुहोस्

ओखर सबैभन्दा स्वस्थ बदाम हो किनभने त्यसमा रोग प्रतिरोधी र बुढ्यौली नलाग्ने एन्टी अक्सिडेन्टहरु पाइन्छ । दैनिक तीन ओखर खाएमा तपाईलाई धेरै फाइदा गर्छ ।

६. स्याउको जुस धेरै खाने गर्नुहोस्

स्याउको जुसले मस्तिस्कलाई धेरै नै युवा अवस्थामा राख्छ । मानसिक समस्याका बिरामीहरुलाई दैनिक दुई गिलास स्याउको जुस पिएमा राम्रो हुन्छ ।

७. खाना खादा बोल्ने र टिभी हेर्ने बानी हटाउनुहोस्

हामीले खादा खाएको खाना पचाउन एक प्रकारको इन्जाईमको खाँचो हुन्छ । हामीले खाना खाँदा सेलीभरी ग्ल्याण्डबाट एउटा रस निस्कन्छ त्यसले खाएको खाना पचाउने काम गर्दछ ।

८. खाना दवाएर खाने बानी त्याग्नुहोस्

हामीले खाने खाना ७५% भन्दा कम हुनुपर्छ । यसरी खाएको खाना चाँडो पच्ने हुन्छ । खाना हमेसा चपाएर खाने बानी बसाल्नु पर्दछ ।

९. शाकाहारी बन्नुहोस्

शाकाहारीको तुलनामा मासाहारीको आयु कम हुन्छ, यसतर्फ बढी ध्यान दिनुहोस्

१०. विवाह गर्नुहोस्

विवाहित पुरुषहरुको मुटु रोगबाट मृत्यु हुने सम्भावना विवाह नगरेका पुरुषको भन्दा तीन गुणा कम हुन्छ । त्यस्तै विवाहले महिलामा भने मुटु रोगबाट मृत्यु हुने सम्भावना आधा कम गर्छ ।

११. फलफूल र सागसब्जी धेरै खानुहोस्

युरोपियन हेल्थ जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार फलफूल र सागसब्जी धेरै खाने मानिसहरुको स्वास्थ्य राम्रो हुन्छ र उनीहरुलाई मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ । फलफूल भिटामिन र एन्टिअक्सिडेन्टले भरपुर हुन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ र छिट्टै बुढ्यौली लाग्न दिँदैन ।

१२. दैनिक हाँस्ने गर्नुहोस्

हाँस्नु स्वास्थ्यको लागि धेरै राम्रो हो । यसले प्रतिरोधी प्रणाली राम्रो बनाउँछ, स्ट्रेस हार्मोनहरुलाई कम गर्छ र क्यान्सरबाट लड्न सहयोग गर्छ । ठूला मानिसहरुले दिनमा पाँचदेखि पन्ध्र पटक मात्रै हाँस्ने गर्छन त्यस्तै केटाकेटीले भने सयौं पटक हाँस्ने गर्छन् ।

१३. धुम्रपान त्याग्नुहोस्

फिनल्याण्डमा गरिएको एक अध्ययन अनुसार धुम्रपानले तपाईको आयु १० वर्षभन्दा धेरै छोट्याउनुको साथै तपाईको स्वास्थमा पनि समस्या ल्याउन सक्छ । त्यसैले धुम्रपान त्याग्नुहोस् ।

१४. समयमा सुत्ने बानी बसाल्नुहोस्

एक अध्ययनका अनुसार अनिन्द्राको कारणले तपाईलाई डिप्रेशन र मुटुको रोग जस्ता स्वास्थ्य समस्याको जोखिम बढाउँछ र सानो परिवर्तनले यसमा धेरै फरक पार्छ । ७ घन्टा वा त्यसभन्दा कम सुत्ने मानिसमा ब्लड प्रेसरको समस्या हुने पाइएको छ जसले हर्टअट्याक र स्ट्रोकको समस्या हुन सक्छ ।

यो पनि पढनुहोस् 

जीवनभर निरोगी रहन यसो गर्नुहोस्

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !