७ बैशाख २०८१, शुक्रबार

के कोरोना संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सर्छ ?


कोरोना संक्रमित गर्भवती

के कोरोना भाइरसवाट संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सर्छ ? भन्ने आम गर्भवती महिलाको चासो र चिन्ताको विषय रहेको थियो । तर कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाको बच्चालाई कोरोना सङ्क्रमण नहुने चीनका अनुसन्धानकर्ताले बताएका छन् । भर्खरै चीनमा ४ जना कोरोना भाइरसबाट पीडित गर्भवती महिलामा गरिएको प्रशिक्षणमा बच्चालाई कोरोनाको प्रभाव नदेखिएपछि यो विषय प्रकाशमा ल्याइएको हो ।

अनुसन्धानकर्ताका अनुसार हालै ४ जना कोरोना भाइरसबाट संक्रमित महिलाबाट जन्मिएका नवजात शिशुको परीक्षण गर्दा कोरोना भाइरसको कुनै लक्षण देखिएको थिएन । यतिबेला ती नवजात शिशुलाई परीक्षणको लागि नियोनेटल युनिटमा राखिको र प्रशिक्षण गर्दा ज्वरो र खोकीको कुनै लक्षण देखिएको थिएन ।

४ बच्चाहरुमध्ये ३ जनाको टेष्ट लिने कार्य भएपनि ४ बच्चाकी आमाले टेष्ट गराउन नमानेको पनि अनुसन्धानकर्ताले खुलासा गरेका छन् । ती ४ जानै बच्चा स्वस्थ रहेको अनुसन्धानकर्ता डा. येलेन लिउले बताएका छन् । साधारण स्वास्थ्य समस्या आउनु स्वभाविकै भएपनि त्यसमा कोरोना भाइरसको कुनै पनि सम्बन्ध नभएको डा. लिएले बताएका छन् ।

त्यस्तै नवजात शिशुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सिजिरियन डेलिभरि उपयुक्त हुने अनुसन्धानकर्ता डा. लीउले बताएका छन् । साथै सामान्य डेलिभरि संक्रमणका हिसाबले कति सुरक्षित छ, त्यसको लागि अनुसन्धान भईरहेको बताएका छन् । हाल चीनमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या उल्लेखनीय रुपमा घट्दै गएको छ भने धेरै कोरोना भाइरसको उपचार गर्न स्थापना भएका अस्पताल पनि क्रमश: बन्द हुदै गएका छन् ।

यो पनि पढनुहोस्

चीनको वुहानमा डिभोर्सको घटना बढे

क्वारेन्टाइन र आइसोलेसनमा के फरक छ ?

क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कुन रक्त समूहका मानिसलाई कोरोनाको जोखिम बढी ?

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !