१२ बैशाख २०८१, बुधबार

मानिस कति घण्टा सुत्नु पर्छ ?


सुत्नु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रकृतिले मानिसलाई स्वस्थ रहन कम्तीमा ८ घण्टा सुत्ने समय तोकेको छ । तर कामको व्यस्तता र मोवाइल चेटिङ जस्ता कारणले ४,५ घण्टा भन्दा कम सुत्ने गरेको पाइन्छ । स्वस्थ रहन जति खानपानको आवश्यकता छ त्यो भन्दा सुत्न बढी आवश्यक छ ।

आज नेपालमा खानपिन र आराम गर्नमा लापरबाही हुनाले मानिस धेरै रोगको दलदलमा फस्दै गएको छ । एक अध्ययनले राति ६ घण्टा भन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातको खत्तरा २ गुणा धेरै हुने भन्दै ज्यान जाने खत्तरा पनि त्यस्तै भएको जानकारी दिएको छ ।

केही बंशानुगत रहेपनि विकाशोन्मुख देशहरुमा खानपान र बेचैन नै मुटु रोगको प्रमुख कारण हो । खानेकुरा सन्तुलनमा खान नसक्नु । कसरतको समय नपाउँनु र चैनका साथ सुत्न नसक्नु नै प्रमुख कारण मान्ने गरिएको छ ।

‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा लगायत पर्दछन् ।

अध्ययनकर्ताहरूले जैविक दृष्टिकोणबाट पर्याप्त निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउने पत्ता लगाए, खासगरी उच्च रक्तचाप भएका र रगतमा ग्लुकोजको मात्रा उच्च भएका (हाइ ब्लड सुगर) व्यक्तिहरूमा मेटाबोलिक सिन्ड्रोम भएका कम सुत्ने व्यक्तिमा स्नायु र पाचन सम्बन्धी धेरै जटिल समस्या आउन सक्छ ।

तर, यी सबै सम्भावनाबारे अझै अनुसन्धान गर्न आवश्यक छ । यस्ता जोखिममा परेका व्यक्तिको मुटुसम्बन्धी रोग पहिल्याउँदा निदाउने समयलाई पनि ख्याल राख्नुपर्ने देखिन्छ छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार, नेपालपत्रको सल्लाहकार तथा स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !