७ बैशाख २०८१, शुक्रबार

पोखरामा भाईटिका महोत्सवमा दोहोराएर आउन थाले विदेशी पर्यटक


पोखरामा हुने भाईटिका महोत्सवमा दोहोराएर पर्यटकहरु आउन थालेकाछन । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना पोखराको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्दै आएको उक्त महोत्सवमा पछिल्ला बर्ष देखि विदेशी पर्यटकहरुले दोहोरायर उक्त महोत्सवमा सहभागी हुने गरेको संघका अध्यक्ष विकल तुलाचनले बताए ।

यस बर्ष पनि ३ जना पर्यटकहरु पुनः दोहोरायर भाईटिका महोत्सवमा सहभागी भएका हुन । यस बर्षको ११ औं संस्करणको भाईटिका महोत्सवमा ७ देशका ३५ जना विदेशी पर्यटकहरु सहभागी भएकाछन । उक्त महोत्सवमा अमेरीका, जर्मनी, चाईनिज, बंगलादेश, फ्रान्स, अष्ट्रेलिया र मेलिसिला गरी ७ देशका ३५ जना विदेशी पर्यटकहरु सहभागी भएको संघले जनाएको छ।

नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरु विच आपसी भाइचाराको सम्वन्ध विकास गराउने उद्धेश्यले पनि संघले उक्त महोत्सवलाई निरन्तरता दिदै आएको अध्यक्ष तुलाचनले  जनाए ।

पोखराको लेकसाइडमा रहेको लालुपाते मार्ग वटरफ्लाई चाइल्ड केयर सेन्टरको परिसरमा रेन्वो चिल्ड्रेन होम नेपालका वालिका तथा किशोरिहरुले पर्यटकहरुलाई टिका लगाएका हुन । विगत ४ बर्ष देखि पर्यटकहरुलाई चिल्ड्रेन होमका वालिका तथा किशोरिहरुले पर्यटकहरुलाई टिका लगाउदै आएको उक्त होमका संचालक गोमा ढकालले बताईन।

दिउसो ४ बजे पछि उक्त महोत्सवमा सहभागी पर्यटकहरुलाई नेपाली परम्परा अनुसार सप्त रंगि टिका तथा मिठा मिठा खाने कुरा पर्यटकहरुलाई खुवाईएको संयोजक एवं संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले बताए । “संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं ” भन्ने नाराका साथ आयोजना भएको महोत्सवका अवसरमा देउसी भैलो र सांस्कृतिक कार्यक्रम समेत भएको सुवेदीले जनाए ।

तिहार पर्वमा खाईने, सेलरोटी, भाईटिका मसला सहितका अन्य परिकारको स्वाद पर्यटकलाई प्रदान गरिएको थियो । पुरुष पर्यटकलाई टिकाको साथमा ढाका ढोपी लगाइएको थियो भने महिला पर्यटकलाई टिका लगाउदै सल प्रदलान गरिएको थियो । नेपाल पर्यटन वोर्डले उक्त महोत्सवको प्रवद्र्धन गरेको छ । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र यसैका माध्यमबाट पर्यटकलाई आकर्षित गरी देशको पर्यटन प्रवद्र्धन गर्ने अभियानले सकारात्मक प्रभाव पार्दै आएको अध्यक्ष तुलाचनको दाबी छ । महोत्सवमा भाइटिका लगाउन दोहोर्याएर समेत पर्यटक आउने गरेको महोत्सवका सह–संयोजक केशवराज पहारीले बताए ।

चाइनाबाट लगातार तिन बर्षसम्म भाईटिका महोत्सवमा सहभागी भएको काई थुबीले बताईन । जर्मनी नागरिक विवि क्लेपसेक नेपाल भ्रमणको ११ औं पटक भए पनि भाईटिका महोत्सवमा चौथो पटक सहभागि भएको उनले बताईन । नेपालीहरुको चाड भनेपछि आफुलाई निकै मन पर्ने बताएकी विविले नेपालको सप्तरंगी टिका र माला लगाई देउसी भैली कार्यक्रममा सहभागि हुदाको क्षेण निकै आनन्द लाग्ने बताईन ।

बंगलादेशबाट आएका सज्जात हुसेनले यस बर्ष पनि भाईटिका महोत्सवमा सहभागी हुदै टिका लगाएकाछन । उनले भने “ नेपाली परम्परा मलाई धेरै मन पर्छ, हामीले मनाईने ईद पर्वले दिने सन्देस जस्तै भाईटिकाले पनि आफ्नो दिदी बहिनी र दाजु भाईको सम्वन्ध रहेको हुन्छ, त्यसले हामीलाई निकै प्रभावित पारेको हुन्छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !