१३ बैशाख २०८१, बिहिबार

राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति निराशाजनक


असोज २६, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य निराशाजनक देखिएको छ । १८ ओटा राष्ट्रिय गौरवका आयोजनामध्ये ५ आयोजनाको आर्थिक वर्षको तीन महिना सकिँदा एक प्रतिशत रकम पनि खर्च हुन सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे व्यवस्थापिका–संसदको विकास समितिमा बिहीबार भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारीले तीन महिनाको अवधिमा १८ मध्ये १३ आयोजनाको खर्च ६ दशमलव ११ प्रतिशत र ५ ओटा आयोजनाको शून्य दशमलव ५ प्रतिशत रहेको जानकारी दिए ।

बैठकमा पर्यटन तथा नागरिक उड्डययनमन्त्री जितेन्द्रनारायण देवले मन्त्रालयहरुबीच समन्वय नहुँदा आयोजनाहरुको निर्माणकार्य अगाडि बढ्न नसकेको जिकिर गरे । समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !