१२ बैशाख २०८१, बुधबार

राणाको निधनमा शोकप्रस्ताव पारित


असोज २४, काठमाडौँ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकले नेपाली कांग्रेसका तर्फबाट वि.सं. २०५० मा तत्कालीन राष्ट्रियसभाका सदस्य जगदीशचन्द्रशमशेर जबराको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा मदन पुरस्कार विजेता राणाको भारतको चन्डीगढमा उपचारकाक्रममा ८८ वर्षका उमेरमा सोमबार निधन भएको थियो ।

सभामुख ओनसरी घर्तीले सदनमा शोकप्रस्ताव प्रस्तुत् गरेकी थिइन् । बैठकले राणाको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । शोकप्रस्तावमा भनिएको छ–‘व्यवस्थापिका–संसदको यो बैठक वि.सं. २०५० मा नेपाली कांग्रेस पार्टीको तर्फबाट तत्कालीन राष्ट्रियसभा सदस्य, लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा एवं मदन पुरस्कारबाट सम्मानित हुनुभएका वरिष्ठ साहित्यकार जगदीशशमशेर जबराको मिति २०७४ असोज २३ गते सोमबार ८८ वर्षको उमेरमा भारतको चन्डीगढमा उपचारकाक्रममा निधन भएकाले गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’ बैठक मंगलबार नै आधा घन्टाका लागि स्थगन भएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !