४ बैशाख २०८१, मंगलबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु


मन्त्रिपरिषद्

काठमाडौं, जेठ ९ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । आजको बैठकले लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा निशान छापमा उल्लेख गर्नका लागि संविधान संशोधनको प्रस्ताव पारित गरेर संसदमा दर्ता गर्ने निर्णय गर्ने बुझिएको छ । यसका साथै आजको बैठकले जारी लकडाउनको आगामी मोडालिटी तय गर्ने बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ । उक्त नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय नेपाली भूमि कालापानी क्षेत्रमा भारतले सडक बनाएर उद्घाटन गरेपछि नेपालले पनि उक्त क्षेत्र आफ्नो भूमिमा समेट्दै नयाँ नक्सा जारी गरेको छ । प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रको भू-भाग फिर्ता ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !