६ बैशाख २०८१, बिहिबार

गढीमाई मेलामा दिईने पशुबली रोक्नैपर्छ


गढीमाई मेलामा दिईने पशुबली

बलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला आज आइतबारदेखि सुरु भएको छ । बारा जिल्लाको गढीमाई मेला विश्वमै सबैभन्दा बढी पशुबली दिइने मेला हो । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक ५ वर्षको अन्तरालमा मेला लाग्छ । यो पालीको मेला मंसिर १७ गतेदेखि सुरु हुँदैछ । ३ दिन चल्ने मेलामा मंसिर १९ गते बली दिने दिन परेको छ । गढीमाईको मेलामा एकैदिन राँगा र पाडा गरी करिब २५ हजार पशुको बली दिने गरिन्छ ।

बाराको बपरीयापुरस्थित हरेक ५ वर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलामा २/३ दिनको अवधिमा लाखौंको संख्यामा राँगा, सुँगुर, कुखुरा, परेवा, हाँस र सेतो मुसाको पशुबली दिइन्छ । गढीमाई मन्दिरदेखि करिब १०० मिटर पूर्वमा रहेको ब्रहृमस्थानमा माई आउने धार्मिक विश्वासका साथ ब्रह्मस्थलमा पूजारी, झाँक्रीले पञ्चबली सहित माईको पूजा-अर्चना गरी खिर भोजन गराउने प्रचलन छ । गढीमाईको मेलामा दिइने पशुपन्छी बली विश्वमै सबैभन्दा ठूलो हो । हजारौं पशुको बली दिइने यो मेलामा पशुबली रोक्न पशु अधिकारकर्मीहरु तथा विभिन्न क्षेत्रबाट आवाज उठ्ने गरेको छ ।

मुख्य पुजारी चौधरी समूदायबाट रहँदै आएको यस मन्दिरमा तान्त्रिक विधिबाट आफैं दीप प्रज्वलित गराएपछि पञ्चबलीको रुपमा सेतो मुसा, सुँगुर, बोका, राँगा, कुखुरा र हाँस बलि चढाउने गरिन्छ । चौधरी झाँक्रीले आफ्नो शरीरको ५ ठाउँबाट थोपा रगत माईलाई चढाएपछि सर्वसाधारणले पाँच बलिदिने कार्य सुरु हुन्छ । यो ऐतिहासिक मेलामा भारतको कासिकका राजाद्वारा पठाइएको पाँचवटा राँगा एवम पशुपंक्षीहरु पहिले बलि दिएर अन्य बलि दिने प्रचलन रहदै आएको छ ।

सपनामा भगवान चौधरीलाई गढीमाइले यो बलिपिठमा बलि दिए आफूले चिताएको र भाकल गरेको कुरा पूरा हुन्छ भनेकाले त्यही अनुसार गढिमाईको प्रसिद्वि सुरु भएको जनविश्वास रहेको छ। हरेक वर्ष मंसिर शुक्लपक्षसँगै यो मेला लाग्छ । मेलामा करीव ६० हजार राँगा, डेढ लाख भन्दा बढी कुखुरा, र त्यतिकै संख्यामा अन्य पशु पन्छीको वली दिइन्छ । गढीमाई मेला हेर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछन् भने छिमेकी राष्ट्र भारतबाट पनि उत्तिकै संख्यामा भक्तजनहरुको भीड लाग्ने गर्छ ।

गढीमाई मेलामा हुने अन्धाधुन्द पशुबली रोक्न फ्रान्सेली नायिका ब्रिजिट बार्डोटले रामबरण यादव राष्ट्रपति भएको बेला खुला पत्र लेख्दै यस्तो क्रूर परम्परा रोक्न आग्रह गरेकी थिइन । गढीमाई मेलामा हुने पशुबली रोक्न नेपाल र विश्वकै पशुअधिकारकर्मीले आवाज उठाइरहेका छन् । बारा जिल्लाको बरियारपुरस्थित विश्वप्रसिद्ध श्री गढीमाईको मन्दिरमा प्रत्येक ५ वर्षमा लाग्ने मेलामा चढाइने पशुबलि रोक्न युरोपेली महासङ्घका मुलुकहरुले परराष्ट्र मन्त्रालय मार्फत आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

विश्वमै सबैभन्दा बढी बली चढ्ने गढीमाईको मेलामा चढाइने पशुबलीबारे युरोपेली सङ्घका राजदूतहरुले परराष्ट्र मन्त्रालयमार्फत बली रोक्न गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय बारामा पत्र पठाएका थिए । बाराको गढिमाई मेलामा पशुबली दिने कार्य रोक्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको छ । बेलायती फौजमा कार्यरत गोर्खा सैनिकलाई समान अधिकार दिलाउने अभियानको नेतृत्व गरिरहेकी चर्चित अभिनेत्री जोअन्ना लुम्लेले बाराको गढीमाई मेलामा दिइने लाखौं लाख पशुपन्छीको बली रोक्न नेपाल सरकारलाई आग्रह गरेकी छन् । लुम्लेले गढीमाईमा दिइने पशुवली विरुद्ध विश्वव्यापी आवाज उठाउने अभियान समेत सञ्चालन गरेकी छन् । यसअघि नेपालभित्रै पनि यो सामुहिक पशुवली विरुद्ध आवाज उठ्दै आएका छन् । पछिल्लो पटक गएको वर्ष मंसिरमा मेला लाग्दा पशुबलीको रोक्नुपर्ने भन्दै स्वदेश तथा विदेशबाट अभियान चल्दा पनि मेलामा कुनै असर परेको थिएन ।

धर्मशास्त्रमा पशुबली प्रथाको कुरा कतै उल्लेख भएको छैन । बेदको कुनै भागमा उल्लेख गरिएको छ बलि दिनुपर्छ, भगवानलाई चढाएर खाँदा हुन्छ । बेदको कुनै पनि अध्यायमा पशुबली चाहिन्छ भनेर भनिएको छैन । सर्वोच्च अदालतले गढीमाई मेलामा पशुबली निरुत्साहित गर्न दिएको आदेश कार्यान्वयन गर्नको स्थानीय तहले हरसम्भव प्रयास गर्नैपर्छ । विश्‍व प्रसिद्ध बाराको गढीमाई मेलामा पशु बली प्रथालाई निरुत्साहित गर्नैपर्छ । पशुबलीको सटा नरिवल, कुभिण्डो, घिरौलाको बलि दिने नयाँ प्रचलनलाई स्थापित गर्नु आजको २१ औं शताव्दीको आवश्यकता हो ।

जनचेतना र सामाजिक अभियानको लागि नेपालपत्र डट कमको सामाजिक उत्तरदायित्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !