७ बैशाख २०८१, शुक्रबार

कुलेखानी जलविद्युत आयोजनाको सब-स्टेसनमा भीषण आगलागी


kulekhani-in-fire

कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्युचाटारस्थित सब-स्टेसनमा भीषण आगलागी भएको छ।

काठमाडौं उपत्यकाभरि प्रसारण हुने सब-स्टेसनको १३२ केभी लाइनमा आगलागी भएको हो।

जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईका अनुसार सर्किट टुटेर आगो लागेको हुनसक्ने आशंका गरिएको छ।

भट्टराईका अनुसार अहिले दुई वटा वारुण यन्त्रद्वारा आगो निभाउने प्रयत्न भइरहेको छ। तर, आगो नियन्त्रणमा आउन सकेको छैन। ललितपुरस्थित दमकलबाट पनि एउटा वारुण यन्त्र त्यसतर्फ प्रस्थान गरेको छ।

‘एकदमै ठूलो आगो लागेको छ, हामी निभाउने प्रयास गरिरहेका छौं,’ उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !