७ बैशाख २०८१, शुक्रबार

ओलीले नियुक्त गरेका गौतमलाई हटायो देउवा सरकारले, भन्छन्- काम गर्न दिएनन्


प्रा. डा. जागेश्वर गौतम

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखमा नियुक्त गरिएका प्रा. डा. जागेश्वर गौतमलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ । उनले आफूलाई वीर अस्पतालमा कार्यरत केही निजी अस्पतालको पक्षपोषकले काम गर्न नदिएको गुनासो गरेका छन् ।

डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले जेठ १० गते मा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिएर वीर अस्पताल पठाएको थियो ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ । उनले आफ्नो कार्यकालमा वीर अस्पताललाई सुधारको प्रयास गरेको बताउँदै त्यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !